जनताको चिन्ताको विषय भन्दै बस्तीसँगै जोडिएको आयल निगमको डिपो

२५ कात्तिक ७७, बुधबार

२५ कात्तिक, धनगढी ।

मुख्य सडकमै पेट्रोलियम पदार्थसहितका ट्यांकरको अव्यवस्थीत पार्किङका कारण धनगढी असुरक्षित बन्दै गएको छ । पार्किङका लागी जग्गा भाडामा लिइए पनि उचित व्यवस्थापन हुन सकेन । धनगढीको मुख्य सडकमा हुँदै आएको ट्यांकर पार्किङ हट्न सकेको छैन । नेपाल आयल निगमले अलग्गै ट्यांकर पार्किङस्थल निर्माण गरेपनि अहिलेसम्म मुख्य सडकमा नै पार्किङ हुँदै आएको छ । अति प्रज्वलनशिल पदार्थ बोक्ने ट्यांकर मुख्य सडकमै पार्किङ हुँदा दुर्घटनाको जोखिम बढेको छ ।

बाक्लो बस्ती र सँगै जोडिएको नेपाल आयल निगम सुदूरपश्चिम प्रदेशको डिपो । पेट्रोलियम पदार्थ भण्डारण गर्ने ट्यांकी । साघुँरो ठाउँ र सडकमै पेट्रोलियम पदार्थले भरिएका ट्यांकर । सोही सडक भएर दैनिक सयौँ सवारी ओहोर दोहोर गर्छन् ।

Advertisement


यो दृश्य नेपाल आयल निगम सुदूरपश्चि प्रदेश कार्यालय डिपो आसपासको हो । धनगढी उपमहानगरपालिका–३ चटकपुरमा सडकमै लस्करमा डिजेल, पेट्रोल भरिएका ट्यांकर छन् । बस्ती नजिकै आयल निगमको डिपो हुँदा दुर्घटनाको जोखिम बढेको छ । सडक क्षेत्रमा जथाभावी ट्यांकर पार्किङ गरिएपछि दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीय चिन्तित बनेका छन् ।

उक्त स्थानमा सवारी चलाउँदै आएका सवारी चालकहरुमा पेट्रोलियम पदार्थसहितका ट्यांकर सडक किनारमा पार्किङ गर्दा दुर्घटना जोखिम बढाउनेमा चिन्तित छन् । स्थानीय अटो रिक्सा चालक गणेश चौधरी साँघुरो बाटोमा सवारी सञ्चालन गर्दा जोखिम बढाएको र सडक छेउमै पार्किङ हुँदा झन समस्या भएको बताउँछन्।

Advertisement

२०३७ सालमा खुला ठाउँमा स्थापना गरिएको आयल निगमको सुदूरपश्चिम डिपो चारैतिर बस्ती बिस्तार भएपछि धनगढी असुरक्षित भएको हो । नेपाल आयल निगम धनगढीले ट्यांकर पार्किङ्गका लागि भन्दै चटकपुरमा जग्गा भाडामा लिएको छ । गत साउनदेखि निगमले जग्गाको भाडा तिर्दै आएपनि व्यवसायीले भने पार्किङ्गस्थल छोडेर सडकमै पार्किङ्ग गर्ने कार्यलाई निरन्तरता दिँदै आएका हुन् ।

सम्भव भएसम्म अहिलेको ठाउँमा नै व्यवस्थित र सुक्षित गरेर पार्किङको व्यवस्था मिलाउने र स्थानीयले सहमति नदिए अर्को स्थानमा पार्किङ व्यवस्थापनका लागि तयारी गरिने नेपाल आयल निगम सुदूरपश्चिम प्रदेशका प्रमुख चितरंजन दासले बताए।

सुदूरपश्चिमको निगमसँग डिजेलका लागि ३ दिनसम्मको भण्डारण क्षमता रहे पनि पेट्रोलियम पदार्थ भने एक दिन पनि ढुँवानी गर्न नसक्दा अभाव हुने गरेको छ । एक बिघा ८ कठ्ठा जमिनमा रहेको सुदूरपश्चिम निगमको डिपोको कार्यालय साँघुरो छ । सम्बन्धित निकायले सडकमै ट्यांकर पार्किङ नगर्न अनुरोध गर्दा पनि आयल निगमले मानेको छैन ।

स्थानीयले अवरोध गरेपनि निगमले सोही जग्गा विगत ४ महिनादेखि मासिक २० हजारका दरले भाडा तिर्दै आएको छ । समस्या समाधान तर्फ भने कसैको ध्यान जान सकेको छैन।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top