बन्दी जीवन बिताइरहेकी बालिकाको उद्धार

४ जेठ ७५, शुक्रबार

राजविराज, ४ जेठ ः राजविराजस्थित कारागारमा बन्दी जीवन बिताइरहेकी एक तीनवर्षीया बालिकाको उद्धार गरिएको छ ।

Advertisement

आफ्नै भतिजाको हत्याको आरोपमा पूर्पक्षका लागि राजविराज कारागारमा बन्दी जीवन बिताइरहेकी सप्तरीको डाक्नेश्वरी नगरपालिका पातोकी उर्मिला मण्डलकी तीन वर्षीया छोरी ज्योति मण्डलको उद्धार गरिएको कारागारका जेलर सत्यनारायण यादवले जानकारी दिए ।

आमाहरूका बच्चाको अधिकार र विकासका लागि कार्य गरिरहेको बन्दी सहायता नेपाल नामक संस्थाले कारागारमा आमासँगै बन्दी जिवन बिताइरहेकी ज्योतिको उद्धार गरेको संस्थाकी अध्यक्ष इन्दिरा रानामगरले जानकारी दिइन् ।

Advertisement

आमासँगै ज्यान मुद्दामा १४ महिनादेखि कारागारमा बन्दी जीवन बिताइरहेकी ज्योतिको उचित शिक्षा दिक्षा र उज्ज्वल भविष्यका लागि आमाको इच्छाअनुसार उद्धार गरिएको हो ।

यस्तै, बच्चाको उद्धारसँगै संस्थाले कारागारमा बन्दी जीवन बिताइरहेका महिला बन्दीहरूका लागि एकथान पानी तान्ने मोटर र अध्ययनका लागि केही पुस्तकसमेत उपलब्ध गराएको जिल्ला कारागारले जनाएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top