२६ कात्तिक, काठमाडौं । ओमान सरकारले अलेखबद्ध (गैरकानुनी) रुपमा बसिरहेका श्रमिकलाई स्वदेश फर्कने अवसर दिएको छ ।
ओमानको श्रम मन्त्रालयले मंगलबार सूचना निकालेर ओमानमा अलेखबद्ध भएर काम गरिरहेका नेपाली नागरिकहरु आफ्नै खर्चमा स्वदेश फर्कन चाहेमा फर्कन सक्ने जनाएको हो ।
यसरी आफ्नै खर्चमा फर्कन चाहने अलेखबद्ध श्रमिक कात्तिक ३० अर्थात नोभेम्बर १५ देखि ३१ डिसेम्बर अर्थात पुस १६ गतेसम्ममा फर्कन सक्नेछन् ।
अलेखबद्ध भएर काम गरेको भए पनि ओमानले दिएको यो अवसरमा फर्कंदा कुनै पनि श्रम सम्बन्धी जरिवाना तिर्न नपर्ने त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।
यो अवसरको सदुपयोग गर्दै उदी कोही नेपाल फर्कन चाहनहुन्छ र पासपोर्टको म्याद सकिएको छ र ट्राभल डकुमेन्ट बनाउन परेमा दूतावासमा सम्पर्क गर्न सकिनेछ ।
ओमान सरकारले दिएको आममाफीबारे थप जान्न परेमा पनि सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ । दूतावासमा श्रम सहचारी दिनेश ढकाललाई ७१५९२५०६ नम्बर सम्पर्क गर्न सकिन्छ ।