×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026

अज्ञात समूहद्वारा गोली हानी युवतीको हत्या

२७ कार्तिक २०७७

२७ कार्तिक,रौतहट ।
रौतहटमा एक युवतीको गोली हानी हत्या भएको छ ।

माधवनारायण नगरपालिका– ७ लौकाहा टोलका रामअयोध्या साह तेलीकी १८ वर्षीया छोरी अमृताकुमारी साहलाई बुधबार राति अज्ञात समूहले गोली हानेको प्रहरीले जानकारी दिएको छ ।

Advertisement
Advertisement

हत्या गर्नुको कारण र संलग्न समूहको अहिलेसम्म पहिचान नभएको प्रहरीले बताएको छ । परिवारले प्रहरीलाई जनाएअनुसार अमृताकी आमा घरबाट बाहिर शौच गर्न गएको मौका छोपी करिब ११ बजे हतियारधारी समूह घरमा पसेर कन्चटमा गोली प्रहार गरी भागेको थियो ।

गोली लागेर ढलेकी अमृताको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भरत श्रेष्ठले बताए । ‘हत्यामा संलग्नको खोजी भइरहेको छ । प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ,’ उनले भने, ‘हत्यारा चाँडै पक्राउ पर्छन् ।

त्यसपछि कारण पत्ता लाग्छ ।’ सर्लाहीको मधुवनगोठका रुपेश साहसित २०७६ फागुनमा अमृताको बिहे भएको थियो । बिहेको केही समयपछि दुवैबीच सम्बन्ध राम्रो थिएन । य

हीबीच अमृताका श्रीमान् रुपेशलाई अज्ञात समूहले गत वैशाखमा चक्कु प्रहार गरेर घाइते बनाएको थियो । सम्बन्ध राम्रो हुन नसकेपछि दुवैबीच गएको असारमा सम्बन्ध विच्छेद भयो ।

सम्बन्ध विच्छेदपछि अमृता लौकाहास्थित माइतीमै बस्दै आएको उनका काका नेवालाल साहले जनाए । ‘हत्या किन र कसले गर्‍यो भन्ने हामी अन्योलमा परेका छौं,’ उनले भने ।

Advertisement

डीएसपी श्रेठका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको छ । ‘प्रहरीले शंकास्पद स्थानमा सर्च पनि गरेको छ,’ उनले भने, ‘हत्यामा संलग्न समूह चाँडै पत्ता लगाउँछौँ ।’

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top