×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

लकडाउनबारे छलफल गर्दै सरकार, विज्ञ भन्छन्- विगतको समीक्षा गरौं, गरे कडै गरौं

२८ कार्तिक २०७७

काठमाडौं: अहिलेकाे सङक्रमणकाे चेन ताेडन उपत्यका नगरपालिका फोरमका पदाधिकारीले हिजो कोराेना नियन्त्रणका लागि तिहार र छठपछि कडा लकडाउन गर्नुपर्ने सुझाव दिएपछि आम मानिसमा फेरि लकडाउन हुने त्रास फैलिएको छ ।
आम मानिसलाई कस्तो लकडाउन हुने भन्ने पनि जिज्ञासा छ तर जनस्वास्थ्यविद्ले भने विगतको जस्तो लकडाउनको कुनै अर्थ नभएको बताएका छन् । उनीहरुकाे विचारमा लकडाउन गर्ने नै भए कडा लकडाउन र सोही अनुरुप संक्रमितको व्यापक खोजी र उपचार गर्नुपर्ने सुझाव छ ।

यता फोरमले दिएको लकडाउन गर्नुपर्ने रायको विषयमा छलफल भइरहेको कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले जनाएको छ । सिसिएमसीका सचिव महेन्द्र गुरागाईंले नगरपालिका फोरमले दिएको रायलाई लकडाउन गर्ने वा नगर्ने विषयमा थप छलफलपछि दुईचार दिनमा निर्णय आउने गोरखापत्र अनलाइनलाई बताउनुभयो ।

Advertisement
Advertisement

तर अहिले लकडाउन हुन्छ भन्ने कुरा निर्णयमा नपुगेकोले लकडाउन हुन्छ भन्ने निश्चित नभएको उहाँले बताउनुभयो । यता ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन काठमार्डौं उपत्यकाभित्र कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गएकोले कडा लकडाउन आवश्यक भएको बताउनुहुन्छ ।

लकडाउन भनेर यसअघि गरे जस्तो लकडाउनले नहुने भन्दै प्रभावकारी हुने गरी लकडाउन गर्ने आवश्यक रहेको मेयर महर्जन बताउनुहुन्छ । अहिले उपत्यकामा संक्रमण टोल–टोल र समुदायमा फैलिसकेकोले कडाखालको लकडाउन गर्नुपर्ने आफूले हिजोको सिसिएमसी बैठकमा कुरा राखेको बताउनुभयो ।

लकडाउन कडा गर्ने र समुदायमा केसको आधारमा ’कन्ट्रयाक टेसिङ’ प्रभावकारी रुपमा गर्न जरुरी रहेको उहाँ बताउनुहुन्छ । मास्क, सेनिटाइजर, लगायत स्वास्थ्य मापदण्डको पालना नगर्ने मानिसलाई आर्थिक जरिवानादेखि प्रक्राउसम्मको कारबाही अगाडि बढाउन सकियो भने प्रभावकारी हुने उहाँ बताउनुहुन्छ ।

तर यस्तै अवस्थामा अगाडि जान दिए अवस्था डरलाग्दो हुनसक्ने मेयर महर्जन बताउनुहुन्छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुका डा. शेरबहादुर पुन विगतको जस्तो लकडाउन निषेधाज्ञा गर्नुको कुनै औचित्य नभएको बताउनुुहुन्छ ।
लकडाउन गर्ने जो हो भने विगतका कमी कमजोरीको समीक्षा गरेर नयाँ तरिकाले अगाडि बढन आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।

विश्वमा चीनबाहेक अरु देश लकडाउन गरेर सफल हुन नसकेको डा. पुनको भनाई छ । भरसक लकडाउन नगरौं गर्नुपर्ने आवश्यकता देखिए कडाईका साथ गर्नुपर्नेमा उहाँको जोड छ । आम मानिसले कोरोना संक्रमणबाट जोगिन स्वास्थ्यका मापदण्ड पालना किन गरेका छैनन् त्यसको बारेमा पनि समीक्षा गर्नुपर्ने वेला आएको उहाँ बताउनुहुन्छ ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

Advertisement

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top