१९ वर्षपछि पेट्रोलियम भण्डारण क्षमता विस्तारको काम सुरु

२७ कात्तिक ७७, शुक्रबार

काठमाडौं : नेपालमा १९ वर्षपछि पेट्रोलियम भण्डारण क्षमता विस्तारको काम सुरु भएको छ । २०५८ सालयता पेट्रोलियम पदार्थको उच्च माग बढ्दै गए पनि भण्डारण क्षमता बढाइएको थिएन ।

पहिलोपटक १९ वर्षपछि निगमले आफ्नै लगानीमा पेट्रोलियम भण्डारण क्षमता विस्तारको काम सुरु गरेको हो । पोखरास्थित निगमको प्रदेश कार्यालयको परिसरमा रहेको ७७ रोपनी जग्गामा निर्माण कार्य सुरु गरिएको छ । बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पेट्रोलियम भण्डारण क्षमता विस्तार कार्यको औपचारिक रूपमा शिलान्यास गरेका छन् ।

पेट्रोलियम पदार्थको वार्षिक माग १५ प्रतिशतले वृद्धि भए पनि निगमले १९ वर्षअघिकै भण्डारण क्षमताबाट आपूर्ति गर्नुपर्ने बाध्यता थियो । अहिले निगमले ७७ करोड लगानीमा १० हजार किलोलिटर क्षमताको डिजेल भण्डारण गृह निर्माण सुरु गरेको हो । भण्डारण क्षमता बढ्दा निगमलाई पेट्रोलियम पदाथ आपूर्तिमा सहज हुने भएको छ ।

निगमका अनुसार २०५८ मा एसियाली विकास बैंक (एडीपी) को सहयोगमा काठमाडौंको थानकोट र पोखरामा भण्डारण क्षमता बढाएको थियो । त्यो समययता पेट्रोलिय भण्डारण क्षमता बढाउन सकेको थिएन । दिनकै माग बढे पनि निगमले १९ वर्षपछि भण्डारण क्षमता बढाउन सुरु गरेको हो । सो भण्डारण कार्य एक वर्षभित्रमै सक्ने लक्ष्य रहेको निगमले जनाएको छ । हाल निगमसँग देशभर पेट्रोलियम पदार्थ भण्डारण क्षमता करिब एक सातालाई मात्र पुग्ने रहेको छ ।

निगमको तथ्यांकअनुसार पेट्रोल करिब ६ दिनलाई डिजेललाई ११ दिन र हवाई इन्धन करिब १२ दिनका लागि मात्र धान्न सक्ने क्षमता छ । २०७२ सालमा भारत सरकारले नेपालमा नाकाबन्दी गरेपछि सरकारले ९० दिनलाई पुग्ने गरी पेट्रोलियम पदार्थ भण्डारण क्षमता बढाउने नीति ल्याएको थियो । सो नीतिअनुसार नै निगमले भण्डारण क्षमता बढाउने कामको सुरुवात गरेको हो । सरकारको नीतिअनुसार निगमले दिन प्रतिदिनको बढ्दो पेट्रोलियम मागलाई आवश्यकताअनुसार पूर्ति गर्न ९० दिनका लागि झापा, सिराहा, चितवन र भैरहवामा गरी चार स्थानमा जग्गासमेत खरिद गरेको छ ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले इन्धनको आपूर्ति व्यवस्थालाई सहज बनाउन पोखरामा १० हजार किलोलिटर डिजेलको भण्डारण गृह निर्माणको काम सुरु गरिएको जानकारी दिए । पोखराबाट सुरु गरिएको भण्डारण गृह निर्माण कार्य अन्य प्रदेशमा पनि क्रमिक रूपमा गरिनेछ ।

निगमका अनुसार हाल पोखरामा तीन दिन पेट्रोल र ११ दिन डिजेलको माग धान्ने क्षमता रहेको छ । निमगले थप नयाँ १० हजार किलोलिटरको क्षमताको भण्डारण गृह बनाउँदा यसले ४० देखि ४५ दिनको माग धान्नेछ । यसले गण्डकी प्रदेशको इन्धन आपूर्तिमा सहज हुने निमगले जानकारी दिएको छ । पछिल्लो समय गण्डकी प्रदेशमा इन्धनका माग बढ्दै गए पनि भण्डारण क्षमता न्यून हुँदा आपूर्तिमा असहज भएको गण्डकी प्रदेश कार्यालयले जानकारी दिएको छ ।

थप १० हजार किलोलिटर क्षमताको भण्डारण बढाएपछि यस क्षेत्रमा आपूर्ति व्यावस्थामा सहज हुने अपेक्षा गरिएको छ । हाल यस कार्यालयबाट कास्की, तनहुँ, स्याङ्जा, पर्वत, म्यादी र बाग्लुङमा इन्धन आपूर्ति गर्दै आएको छ । गण्डकी प्रदेशमा पेट्रोलियम पदार्थको खपत हरेक वर्ष बढ्दो क्रममा छ । प्रदेशमा हरेक दिन ४ लाख ६७ हजार लिटर पेट्रोलियम पदार्थको खपत हुन्छ ।

एक दिनमा यस प्रदेशमा ३ लाख २५ हजार लिटर डिजेल र १ लाख ४२ हजार लिटर पेट्रोल बिक्री भइरहेको छ । यस डिपोमा हाल २२ लाख ८० हजार लिटर डिजेल र ३ लाख ५० हजार लिटर पेट्रोलको भण्डारण क्षमता छ । प्रदेशको हालको दैनिक खपत र भण्डारण अवस्था तुलना गर्दा पेट्रोलियमको आपूर्तिमा कुनै कारणले अवरोध भए प्रदेशमा डिजेलको माग ७ दिन र पेट्रोलको माग २ दिन मात्रै धान्न सक्छ । थप १० हजार किलोलिटर डिजेलको भण्डारण बढाएपछि ३० दिनलाई पुग्ने कार्यलयले जानकारी दिएको छ ।

अहिलेको डिपो निर्माण गर्न इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकले प्राविधिक अध्ययन गरेको हो । यो भण्डारण गृहको कुल निर्माण लागत ७७ करोड नेपाली रुपैयाँ हुनेछ । ,याे समाचार राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top