×

NEPAL TIMES UPDATES

Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026

आलुको उत्पादन घट्यो

२८ कार्तिक २०७७

२८ कार्तिक, बाग्लुङ ।
गत वर्ष ४० मुरी आलु भित्र्याएका बागलुङका किसान योगेन्द्रमान छन्त्यालले यसपालि बल्लतल्ल २० मुरी आलु फलाउन सके ।

बीउको जोगाड र आफन्तलाई कोसेली दिएपछि बेच्ने आलु अझै कम ठहरियो । तमानखोला गाउँपालिका–४ लाम्मेलाका छन्त्यालले भने, “अहिले आलु राम्रो फलेन, कसैलाई त बिउ जोगाउनै ठिक्क भयो ।”

चार वर्षअघिसम्म आफूले ७० मुरीसम्म आलु उत्पादन गरेको छन्त्यालले सुनाए । आलु कम फलेपछि यो वर्ष भाउ पनि महँगियो । शुरुमा एक पाथी आलु रु १०० मा बिके पनि पछि बढेर गाउँमै रु १५० सम्म पुग्यो ।

अधिक पानी परेका कारण आलुको उत्पादन घटेको वडाध्यक्ष उदिम छन्त्यालले बताए । वडाध्यक्ष छन्त्यालका अनुसार लाम्मेलाका २५० घरमै आलु खेती हुन्छ । औसतमा हरेक घरमा वार्षिक १० क्विन्टलका दरले आलु फल्छ ।

सिङ्गै गाउँभरि गर्दा दुई हजार ५०० क्विन्टलभन्दा बढी आलु उत्पादन हुन्छ । दुई हजार ३०० मिटरको उचाइमा अवस्थित लाम्मेलामा फलेको आलु स्वादिष्ट र स्वस्थकर मानिन्छ ।

गाउँ भित्रिने अतिथि÷पाहुनालाई टक्र्याउने पहिलो परिकार पनि आलु नै हुन्छ । लाम्मेलाको आलु बिक्रीका लागि सदरमुकाम बागलुङ बजारलगायत टाढाका शहरी क्षेत्रसम्म पुग्छ ।

ठूला व्यापारीहरु गाउँमै पुगेर किसानबाट आलु खरिद गर्छन् । धेरै जग्गामा आलु लगाउने किसानले आलुबाटै भएको कमाइले घरधन्दा चलाउँछन् । उत्पादन बढेका बेला कुनै परिवारले त डेढ÷दुई लाखसम्म कमाउँछन् ।

बसाइँसराइ, श्रमशक्तिको विदेश पलायन इत्यादि कारणले पछिल्लो समय आलु खेती विस्तारै कम हुँदै गएको वडाध्यक्ष छन्त्यालको भनाइ छ । गाउँपालिका अध्यक्ष जोकलाल बुढाले छ वटै वडामा आलु खेती हुने गरेको बताए ।

उनका अनुसार गाउँपालिका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आलु ‘जोन’ कार्यक्रममा समावेश छ । उक्त परियोजनामार्फत गत वर्ष आलु किसानलाई कृषि सामग्री र औजार वितरण गरिएको थियो ।

यो वर्ष कृषि समूह निर्माण, बिउ वितरणलगायतका कार्यक्रम भइरहेको जनाइएको छ । (रासस)

भर्खरको समाचार

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

सम्बन्धित खबरहरु

Scroll to Top