बालगोपालेश्वर मन्दिरमा मंसिर १ र २ गते दर्शन गर्न सकिने

२९ कात्तिक ७७, आइतबार

३० कात्तिक, काठमाडौं । यो वर्षको भाइटीकाका लागि मंसिर १ र २ गते बालगोपालेश्वर मन्दिरमा दर्शनको व्यवस्था मिलाइएको छ ।

२०७२ सालको भूकम्पले पूर्ण रुपमा क्षति पुर्याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पूर्ननिर्माणको काम सम्पन्न भएपछि यो वर्ष भाइटीकाका लागि खुला गरिने भएको हो । विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणमा सम्पन्न भएपछि मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था गरिएको हो । उक्त स्थानमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर भाइटीका लगाउने गर्दछन् । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पूर्ननिर्माणको काम लामो समयसम्म जारी रहेकाले भूकम्पपछि बन्द रहेको मन्दिर भाइटीकाको अवशर पारेर मंसिर १ र २ गते गरी दुई दिन खुला गरिने बताए । यो वर्ष मंसिरमा भाइटीका परेको छ । प्रमुख शाक्यले एक गते भाइटीका मान्नेहरुलाई एक गते र दुई गते मान्नेहरुका लागि दुई गते दर्शनको व्यवस्था गरिएको बताएका छन् । भाइटीकाकै लागि महानगरपालिकाले मन्दिर पोखरीलाई बेहुलीझैँ झिलीमिली बनाएको छ । अहिले उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च रहेकाले कडा सुरक्षा गरिएको उनले बताए । स्वयमसेवक परिचालन गरी दर्शन गर्न आउनेहरुको ज्वरो नाप्ने र मास्क समेत वितरण गर्ने उनले बताए । मेयर शाक्यले टीका लगाउने बाहेक घुम्न आउनेहरुलाई नआउन पनि आग्रह गरेका छन् । भाइटीकाका लागि मात्रै १ र २ गते मन्दिर खुला हुनेभएकाले भाइटीका नहुनेहरुले स्वास्थ्य जोखिमलाई ध्यानमा राख्न नआउन उनले आग्रह गरे । महानगरपालिकाले छिट्टै सबैका लागि रानीपोखरी खुला गर्ने तयारी गरेको उल्लेख गर्दै मेयर शाक्यले संक्रमणको जोखिम कायम रहँदासम्म सतर्कता अपनाउन आग्रह गरे ।

मन्दिर पुरानै शैली (ग्रन्थकुट शिखर) मा पुनःनिर्माण गर्न अघिल्लो वर्ष असार २४ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्याएको सम्पदा पुनःनिर्माणको शुरुआत रानीपोखरीबाटै गरेकी गर्नुभएको थियो । भूकम्पपछिका पाँच वर्षसम्म हरेक वर्ष बालगोपालेश्वरको मन्दिरलाई पोखरीको बाहिरी भागमा राखी दर्शनको व्यवस्था गरिएको थियो । पाँच वर्षपछि दर्शनार्थीले यस वर्ष मन्दिरभित्र नै प्रवेश गरी पूजाआजा गर्न पाउने भएका हुन् । हरेक वर्ष भाइटीकाको लागि मात्र यो मन्दिर दर्शनका लागि खुला हुने गरेको छ । प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top