अब कोरोना संगै यात्रा गर्नुपर्छ तर नभेटिने गरीः शहरी विकास मन्त्री

१ मंसिर, काठमाडौं । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोनाविरुद्धको लडाई जित्न कडा अनुशासनको पालना गर्न सबैलाई आग्रह गरेका छन् ।

शंखधर साख्वाको शालिकमा माल्र्यापणपछि आयोजना भएको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले कडा अनुशासनका साथ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरेका हुन् ।

कोरोना कहरका कारण नजिकबाट कुरा गर्न सक्ने अवस्था नभएको उल्लेख गर्दै उनले अनुशासित बनेर स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्न आग्रह गरे ।

उनले भने, ‘‘एक आपसमा नजिकबाट कुरा गर्न चाहान्छाँै तर टाढाटाढा बस्नुपर्ने अवस्था छ । टाढा बस्दा पनि मुख छोप्नुपर्ने अवस्था छ । सँगै हिडेको साथीलाई नचिनेर एकछिन मास्क खोल्नुहोस भन्नुपर्ने बाध्यता छ । कोभिडसँग जुध्न कडा अनुशासनका साथ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न जरुरी छ । कोरोनाबाट जोगिने संक्रमण भइहाल्यो भने पनि नआत्तिने । अब कोरोना संगै यात्रा गर्नुपर्छ तर नभेटिने गरी ।’’

उपत्यका मेयर फोरमका सचिव समेत रहेका मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले चाडबाड मनाउन घर गएकाहरु उपत्यका फर्किने क्रम सुरु भएकाले संक्रमणको जोखिम अझ बढेको बताए ।उनले मंसिर महिनालाई अत्यन्त जोखिमयुक्त महिनाको रुपमा लिएर गम्भिरताका साथ काम गर्नुपर्ने बताए ।

केही दिनअघि उपत्यका मेयर फोरमले सरकारलाई छठपछि कडा लक डाउन जारी गरी उपत्यकामा बढ्दो संक्रमणको दरलाई नियन्त्रणमा ल्याउन आग्रह गरेको थियो ।

आज सोमबार देशभरी नै नेपाल संवतलाई स्वागत गर्दै राष्ट्रिय विभूति शंखधर साख्वाको सम्झना गरिएको छ । माल्र्यापण कार्यक्रममा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले उनको सम्मानमा सरकारले रोजगारीमुलक र विकासका कार्यक्रम सञ्चालनमा ल्याउनुपर्ने बताए ।

नेपाल संवत् अनुसारको नयाँ वर्ष ११४१ सुरु भएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब नागरिकको ऋणमोचन गरी नेपाल संवतको सुरुवात गरेका थिए । २००७ मा प्रजातन्त्र स्थापनादेखि नै नेपाल संवतलाइ साख्वालाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top