आयोडिनयुक्त नुनको प्रयोग बढ्यो

३० कात्तिक ७७, सोमबार

१ मंसिर, सिरहा । सिरहाका सीमावर्ती क्षेत्रमा सरकारी अनुदानको आयोडिनयुक्त नुन सहजै पाउन थालेपछि यसको प्रयोग गर्नेहरूको संख्यामा वृद्धि भएको छ ।

वर्षाैंदेखि ढिके नुनको प्रयोग गर्दै आएका यहाँका स्थानीयवासी पछिल्लो समय आयोडिनयुक्त नुनको प्रयोग गर्न थालेका छन्। आयोडिनयुक्त नुनको महत्व र फाइदाबारे व्यापक प्रचारप्रसार, स्थानीय प्रशासनले भारतीय नुनको आयातमा गरिएको कडाइ र सहजै आयोडिनयुक्त नुन पाउन थालेपछि सीमावर्ती ग्रामीण क्षेत्रमा ढिके नुनको प्रयोग घट्दै गएको हो। पछिल्लो समय यस क्षेत्रका नागरिकमा दुई बालबालिकाको चिन्ह भएको आयोडिनयुक्त नुनप्रति आकर्षण बढेको बरियापट्टी गाउँपालिका–४ का सरोज कुमार महतोले बताए। उनले भने, ‘‘आयो नुनको फाइदा बारे थाहै थिएन, त्यसैले हामी भारतीय ढिके नुनको प्रयोग गर्दै आएका थियौ, अब भन्ने आयोडिनयुक्त नुनकै प्रयोग गर्न थालेका छौं।” साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले गाउँमै आयोडिनयुक्त नुनको महत्व, उपयोगिता र फाइदाबारे गाउँ गाउँमा प्रचारप्रसार गरेर बिक्री गर्न थालेपछि यसप्रति उपभोक्ताको आकर्षण बढेको उनको भनाइ छ। आयोडिन नुन उपभोगले बालबालिकामा गलगाड आउने, लाटो लठेब्रो हुने जस्ता शारीरिक समस्या कम हुँदै जान्छ भने मानसिक रुपमा फुर्तिलो, शारीरिक रुपमा स्वस्थ्य, स्मरण शक्तिको वृद्धिसँगै बालबालिकाहरुमा पढ्ने रुचीको विकास हुने हुँदा आयोडिनयुक्त नुनको प्रयोग बढ्दै गएको सखुवानन्कारकट्टी गाउँपालिकाका शम्भु यादवले बताए। उनले भने, ‘‘करिब दुइ वर्षअघिसम्म गाउँका अधिकाँश व्यक्तिले भारतीय ढिके नुनको प्रयोग गर्थें, तर अब अधिकाँशले आयो नुनको प्रयोग गर्न थालिसकेका छन्।” विगतमा आयोडिनयुक्त नुन लिनका लागि टाढा जानु पर्ने भएकाले पनि स्थानीयवासी ढिके नुन नै बढी प्रयोग गरिने गरेको थियो। अहिले गाउँमै सुपथ मूल्यमा पाउन थालेपछि हामीलाई सजिलो भएको उनको भनाइ छ। प्रहरी प्रशासनले पनि भारतीय नुन आयातमा कडाइ गरेपछि भारतीय ढिके नुन बन्द भएको उनको भनाइ छ।

आयोडिनयुक्त नुन बजारमा २० रुपैयाँमा बिक्री भइरहेको छ। “भारतीय सीमासँग जोडिएको सिरहाको बरियारपट्टी, औरही, भगवानपुर, सखुवानन्कारकट्टी गाउँपालिकालगायत स्थानमा भारतीय ढिके नुनको प्रयोग बढी भइरहेको थियो”, साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड लहानका प्रमुख जितेन्द्र साहले भने, ‘‘भारतीय नुन प्रयोग भइरहेको स्थानहरुमा आयोडिनयुक्त नुनको प्रचारप्रसार गरेपछि अहिले भारतीय नुनको प्रयोगमा करिब ९० प्रतिशत कमी आएको छ।” स्थानीयवासीमा आयो नुनप्रति आकर्षण बढेसँगै सिरहामा आयोडिनयुक्त नुनको माग पनि बढेको उनको भनाइ छ। प्रमुख साहका अनुसार दुई तीन वर्ष अघिसम्म सिरहामा वार्षिक ४०/४५ हजार बोरा आयो नुन खपत हुँदै आएकोमा पछिल्लो समय वार्षिक एक लाख बोरा आयो नुन खपत हुन थालेको छ। आर्थिक वर्ष २०७५/०७६ मा एक लाख २०० बोरा आयो नुन खपत भएकोमा आर्थिक वर्ष २०७६/०७७ मा एक लाख ५०० बोरा आयो नुन बिक्री भएको प्रमुख साहको भनाइ छ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top