प्रदेश १ मा २७० संक्रमित थपिँदा १९७ जना डिस्चार्ज

१ मंसिर, विराटनगर । प्रदेश १ मा सोमबार २ सय ७० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ११२, सुनसरीमा ९७, झापामा २९, उदयपुरमा ८, पाँचथरमा ५, ताप्लेजुङ, संखुवासभा, ते¥हथुम, इलाम र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ५८, बुढीगंगामा १४, उर्लाबारीमा ८, लेटाङमा ७, सुन्दरहरैचामा ६, पथरीशनिश्चरेमा ५, रतुवामाई र कटहरीमा ३–३, रंगेली र बेलबारीमा २–२, कानेपोखरी, ग्रामथान, जहदा र सुनबर्षीमा १–१ जनामा संक्रमण देखिएको छ ।

सुनसरीको इटहरीमा ६४, धरानमा ११, बराहक्षेत्रमा ७, दुहवीमा ५, रामधुनी र इनरुवामा ४–४, बर्जु र गढीमा १–१, झापाको कमल गाउँपालिकामा ६, दमक, अर्जुनधारा र गौरादहमा ५–५, विर्तामोड र हल्दिबारीमा २–२, गौरीगञ्ज, मेचीनगर, भद्रपुर र शिवसताक्षीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता उदयपुरको त्रियुगामा ६, बेलका र चौदण्डीगढीमा १–१, पाँचथरको फाल्गुनन्दमा ३, हिलिहाङ र स्थानीय तह नखुलेका १–१, , ताप्लेजुङको आठराई त्रिवेणीमा १, संखुवासभाको मादीमा १, ते¥हथुममा १, इलाममा १, खोटाङको साकेलामा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २४ हजार २० पुगेको छ । प्रदेश १ मा सोमबार १९७ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट १९५ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा २ जना डिस्चार्ज भएका हुन ।

हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार १२८ पुगेको छ । प्रदेश १ मा सोमबार ५८८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ९५ महिला र १७५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७९ हजार ९३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top