मध्य अमेरिकामा आएको शक्तिशाली तुफान लोताका कारण जनजीवन प्रभावित

२ मंसिर, काठमाडौं । मध्य अमेरिकामा आएको शक्तिशाली तुफान लोताका कारण जनजीवन प्रभावित भएको छ ।

Advertisement

प्रतिघण्टा २६० किलोमिटरको दरले आएको आँधीले मध्य अमेरिकी मुलुकका सयौं घरपरिवार बिस्थापित भएका छन् ।

आँधीका कारण अधिकांश घर र भौतिक संरचनामा क्षति पुग्नुका साथै सयौं सवारी साधनहरु नष्ट भएका छन् ।

Advertisement

हजारौं हेक्टर जमिनमा लगाइएको बालीनाली नष्ट गर्नुका साथै यातायात सेवा समेत अवरुद्ध हँुदा जनजीवन प्रभावित बनेको हो ।

यो वर्षकै सबैभन्दा शक्तिशाली मानिएको लोता तुफान रहेको मौसमविद्हरुको भनाइ छ ।

Advertisement

यसअघि सन् १९३२ मा मध्य अमेरिकी मुलुकहरुमा शक्तिशाली तुफान आउँदा सयौंको ज्यान गएको थियो ।

यो आँधी होन्डुरस र निकारागुआ प्रवेश गरेकाले त्यहाँ मानवीय र भौतिक क्षति पुग्न सक्ने अनुमान गरिएको छ ।

यसैबीच होन्डुरसका राष्ट्रपति जुआन ओर्लान्डो हर्नान्डेजले आँधीले थप क्षति पु¥याउन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेका छन् ।

यसअघि ग्वाटेमालामा आएको इटा नामक आँधीले २ सय जनाको मृत्यु भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top