NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी सोमवार असार २३ , २०८२
रास्वपा र राप्रपाले प्रधानमन्त्रीलाई पनि सुनेनन्,संसद बहिष्कार सोमवार असार २३ , २०८२
पाकिस्तानको दुवै हातमा लड्डु? चीनपछि अमेरिकाबाट किन्दैछ हतियार सोमवार असार २३ , २०८२
मधेश नेपालबाट अलग हुने फरार नेताको राष्ट्रघाती अभिब्यक्ति सोमवार असार २३ , २०८२
‘कुलिङ पिरियड’ छलछामको छानबिन गर्न को–को चुनिए ? सोमवार असार २३ , २०८२
Next
Prev

समाचार

प्रचण्डको आरोप प्रमाणित भए प्रधानमन्त्री ओलीले राजीनामा दिन्छन् त ?

मङ्लबार मंसिर २ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
संकटमा नेकपा: प्रचण्ड अब बालुवाटार नजाने !
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२ मंसिर, काठमाडौं । निकै लामो खिचातानीपछि कार्तिक २८ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय वैठक बसेपछि आन्तरिक विवाद समाधान होला भन्ने आशा थियो । तर वैठकमा नेकपाको अन्तरविरोध लिखित ‘पत्र–युद्ध’मा परिणतभयो । सोही वैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्तावले त झनै पार्टी फुटको संघारमै पुगेको हो कि भन्ने अनुमान गर्न सकिन्छ । प्रचण्डले संघियता र गणतन्त्र समाप्तीको दिशामा रहेको भन्दै देशकै निम्ति ‘ओली प्रवृत्ति’ को व्यापक चिरफार आवश्यक परेको भनि २० पृष्ठ लामो प्रस्ताव पेश गर्नुभएको छ ।

पछिल्ला दिनमा प्रचण्डको उक्त प्रस्ताव एकल र मनोमानीपूर्ण ढंगले बाँडीएकाले कुनै पनि कमिटीमा सो प्रस्तावमाथि छलफल गर्न नपर्ने भनि उच्च राजनीतिक तहबाटै आलोचना हुँदै पनि आएका छन् । तर मूख्य कुरा प्रचण्डले प्रस्तुत गरेको उक्त प्रस्तावमा प्रधानमन्त्री ओलीमाथिका यस्ता दर्जनौं सङ्गीन आरोपहरू छन् जुन प्रमाणित भएको खण्डमाओलीसँग नैतिकता भए प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुको विकल्प छैन । साथै आरोप प्रमाणित नभए प्रचण्डले पनि पार्टी अध्यक्ष पदबाट राजीनामा दिनुपर्दछ । उसोभए, सत्तारुढ दल नेकपाको सचिवालय वैठकमा देश र जनताको भविष्यसँग जोडिएका विषयमा एक अध्यक्ष स्वयंले अर्का अध्यक्षमाथि उठाएका प्रश्न माथि छलफल गर्नुपर्छ कि पर्दैन ?प्रचण्डको प्रस्तावका विषयहरु आरोप मात्रै हुन कि वास्तविक हुन, जनतासामू प्रष्ट्याउनुपर्छ कि पर्दैन ?

प्रचण्डको प्रस्तावमा भनिएको छ– ‘वाइड–बढी विमान खरिद, सुरक्षा छापाखाना खरिद र सञ्चारमन्त्रीको टेप प्रकरण, यति होल्डिङ्ससँगको अपारदर्शी र शङ्कास्पद कारोबार, चिनी आयात घोटाला, कोरोनाभाइरस सङ्क्रमणको नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिदमा ओम्नी समूहको साँठगाँठ र अनियमितता, बजेट सार्वजनिक गर्नुअघि अतिगोप्य राख्नुपर्ने राजस्वका दररेट परिवर्तनलाई चुहाएर विद्युतीय गाडी र चकलेट आयातजस्ता प्रकरण भए। यस्ता प्रकरणमा मुछिएकाहरूको प्रतिरक्षा गरेर केपी ओलीले भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण गर्नुभयो ।’यस्तै प्रस्तावको अर्को बुँदामा कोरोनाभाइरस सङ्क्रमणबाट सुरक्षित हुन सरकारले देशमा लकडाउनजारी गरेको स्थितिमा श्रमजीवी, गरिब र कमजोर वर्ग तथा समुदायका मानिसहरूको पीडाप्रति प्रधानमन्त्री संवेदनशील नभएको र उनिहरुको पीरमर्काको कुरा गर्नेप्रति व्यंग्य गर्दै आलोचना गरिएको आरोप लगाइएको छ ।

Advertisement

भारतद्वारा अतिक्रमित देशको भूभाग समावेश गरिनुपर्छ र भारतीय फौज नेपाली भूमिबाट हटाइनुपर्छ भनि शान्तिपूर्ण प्रदर्शन गर्नेमाथि दमन गर्ने तर प्रधानमन्त्रीको स्तुतिमा निस्किएका जुलुसलाई संरक्षण दिइएको प्रस्तावमा उल्लेख छ । यस्तै समाजवादको नारा मात्र लगाउने तर उपयुक्त कार्यक्रमहरु अघि सार्न नसकेको आरोप लगाइएको छ । यि र यस्ता दर्जनौँ विषय जनसरोकारका विषय हुन्, जुन प्रचण्डको प्रस्तावमा छन्। यहि विषयमा जनताले यसअघि पनि आवाज उठाउँदा अस्विकार गरेको अवस्थामा तिनै मुद्धाका विषयमा एक अध्यक्षले लिखित रुपमा अर्का अध्यक्षमाथि आरोप लगाउँदा अब भने ति मुद्धाको वास्तविकता बाहिर आउनुपर्छ ।

राजनीतिक प्रस्तावका पक्ष–विपक्षमा नेकपा ध्रुविकरण भएको छ । सत्ताधारी पार्टी हुनाको नाताले यतिको चर्चा–परिचर्चा हुनु स्वाभाविक नै पनि हो । तर जनतालाई नेकपाको विवाद कसरी समाधान हुन्छ भन्ने विषयभन्दा पनि जनसरोकारका मुद्धाहरुमा सरकार जनताप्रति गैरजिम्मेवार भएको कुरा बढि महत्वपूर्ण हुन्छ ।

यसरी आधिकारिक वैठकमा आधिकारिक व्यक्तिबाट उठान भएका विषय प्रष्ट पारी सरकार जनताकै लागि काम गरिरहेको छ वा काम गरिरहेको भान मात्रै पार्न खोजीरहेको छ भनि पनि प्रमाणित गर्न आवश्यक छ ।

प्रस्तावका आरोप प्रमाणित भए प्रधानमन्त्री ओलीले र प्रमाणित नभए प्रचण्डले पदमै बसिरहन सुहाउँदैन ।

लोकप्रीय

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी

सोमवार असार २३ , २०८२
संसद्मा ‘किर्ते’ काण्डको नालीबेलीः नक्कली सांसददेखि मुसाकाण्डसम्म

रास्वपा र राप्रपाले प्रधानमन्त्रीलाई पनि सुनेनन्,संसद बहिष्कार

सोमवार असार २३ , २०८२
३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानको दुवै हातमा लड्डु? चीनपछि अमेरिकाबाट किन्दैछ हतियार

सोमवार असार २३ , २०८२

विचार

थप समाचार

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी
खेलकुद

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी

सोमवार असार २३ , २०८२
संसद्मा ‘किर्ते’ काण्डको नालीबेलीः नक्कली सांसददेखि मुसाकाण्डसम्म
ताजा समाचार

रास्वपा र राप्रपाले प्रधानमन्त्रीलाई पनि सुनेनन्,संसद बहिष्कार

सोमवार असार २३ , २०८२
३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन
अन्तर्राष्ट्रिय

पाकिस्तानको दुवै हातमा लड्डु? चीनपछि अमेरिकाबाट किन्दैछ हतियार

सोमवार असार २३ , २०८२
मधेश नेपालबाट अलग हुने फरार नेताको राष्ट्रघाती अभिब्यक्ति
ताजा समाचार

मधेश नेपालबाट अलग हुने फरार नेताको राष्ट्रघाती अभिब्यक्ति

सोमवार असार २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: Chinaले ताइवान र Russiaले नेटोमा एकैसाथ ह*म*ला गर्ने, ब्रिक्स ‘अमेरिका विरोधी’

World News: Chinaले ताइवान र Russiaले नेटोमा एकैसाथ ह*म*ला गर्ने, ब्रिक्स ‘अमेरिका विरोधी’

00:14:24

World News:Ukraineमा रासायनिक ह*ति*यार प्रयोग तीव्र, टेक्सास बाढीमा मृ*तक थपिदै || Nepal Times

00:19:24

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी

क्लब विश्वकपको उपाधि कसलाई ?यस्तो आयो भविष्यवाणी

सोमवार असार २३ , २०८२
संसद्मा ‘किर्ते’ काण्डको नालीबेलीः नक्कली सांसददेखि मुसाकाण्डसम्म

रास्वपा र राप्रपाले प्रधानमन्त्रीलाई पनि सुनेनन्,संसद बहिष्कार

सोमवार असार २३ , २०८२
३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानको दुवै हातमा लड्डु? चीनपछि अमेरिकाबाट किन्दैछ हतियार

सोमवार असार २३ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.