फेसबुकले हटायो कमला ह्यारिसविरुद्धका रङ्गभेदी र आपत्तिजनक सामग्री

२ मंसिर ७७, बुधबार

३ मंसिर, एजेन्सी ।
फेसबुकले अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसविरुद्ध लेखिएका रङ्गभेदी तथा आपत्तिजनक स्टेटस र कमेन्ट्स हटाएको छ।

Advertisement

फेसबुकका तीन वटा पेजले ह्यारिसविरुद्ध लगातार पोष्ट र कमेन्ट्स गरिरहेका थिए। बीबीसीले ती समूहविरुद्ध जानकारी दिएपछि फेसबुकले ती सामग्री हटाएको बीबीसी हिन्दीले जनाएको छ।

तीन वटै पेजमा ह्यारिसविरुद्ध रङ्गभेदी, महिलाविरोधी र अश्लिल पोष्ट तथा कमेन्ट थिए। फेसबुकले त्यस्ता ९० प्रतिशत घृणाजनक सामग्री गुनासो गर्नुअघि नै हटाउने गरेको जनाएको छ।

Advertisement

ह्यारिसविरुद्धका घृणाजनक सामग्री हटाए पनि ती समूहबारे कुनै कारबाही नगरिने पनि फेसबुकले जनाएको छ। ती फेसबुक पेजमध्ये एउटामा चार हजार र अर्कोमा एक हजार २०० सदस्य थिए।

तीमध्ये एउटा पेजमा उनलाई अमेरिकी नागरिक नभएको आरोप लगाइएको थियो। उनकी आमा भारतीय र बाबु जमैकन हुन्। उनलाई ‘भारत डिपोर्ट गर्नुपर्छ’, भनेर लेखिएको थियो। धेरै पोष्टमा उनको नामको पनि खिल्ली उडाइएको थियो।

Advertisement

मिडिया निगरानी गर्ने एक संस्था मिडिया म्याटर्सका अध्यक्ष एन्जेलो कैरुसोनले यो घटनाले फेसबुकको नीतिनियम खुकुलो भएको देखिएको बताएका छन्।

उनले भनेका छन्, “मिडियाको गुनासोपछि मात्र त्यस्ता सामग्री हटाउनुले फेसबुक आफ्नो नियम र दिशानिर्देशन कति खुकुलो छ र त्यसको पालनको प्रयास नै नभएको देखिन्छ।”

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top