दिनभरका प्रमुख खबर

Share this
794shares

आजका प्रमुख खबरहरुः

Advertisement

१.(भाग्ने होइन लड्ने)
सत्तारुढ नेकपामा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेस गर्ने भएपछि सचिवालय बैठक १० दिनका लागि स्थगित /१३ गते ओलीले प्रस्ताव पेस गरेपछि सचिवालयमा सबै प्रस्तावमाथि छलफल हुने ।

२.(विष्णु उवाच)
सबै सचिवालय सदस्यले सामूहिक राजीनामा दिन नेकपाको सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको प्रस्ताव /नेकपाभित्र अहिले जारी विवाद कायम रहे आफूहरू कम्युनिष्ट आन्दोलनको अन्तिम मलामी हुने तर्क ।

Advertisement

३.(प्रतिपक्षीलाई मसला)
सरकारको असफलता र भ्रष्टाचारबारे सत्तारुढ नेकपाभित्रै लिखित आरोप लागेकाले प्रधानमन्त्री ओलीलाई हटाउनैपर्ने पूर्व प्रधानमन्त्री वावुराम भट्टराईको सुझाव /प्रचण्डले प्रधानमन्त्रीमाथि उठाएका एक एक प्रकरणको हिसाबकिताब संसद् र सडकबाट माग्ने गगन थापाको चेतावनी ।

४.(विपक्षी नजर)
सत्तारुढ दलको आन्तरिक किचलोका कारण अहिलेको प्रणालीमाथि नै जनतामा भ्रम पैदा हुन थालेको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतको ठहर/सरकार महामारीबाट जनतालाई कसरी जोगाउने भन्दा पनि कसरी फाइदा उठाउने भन्ने अभियानमा रहेको आरोप ।

Advertisement

५.(खोपको बाटो खोलियो)
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपाल औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७ जारी /कोरोना विरुद्धको खोप परीक्षण सफल हुनासाथ नेपालमा आयात गर्नका लागि कानुनी व्यवस्था लागू ।

६.(कम छैनन् विजेताहरु )
नेपालमा आज एकैदिन ३ हजार ५ सय ३८ संक्रमित डिस्चार्ज/ हालसम्म संक्रमणबाट १ हजार २ सय ५९ जनाको मृत्यु/ १ हजार ४ सय ४२ संक्रमित थपिदा सक्रिय संक्रमित २८ हजार ८ सय ७८ पुगे ।

७.(सुरु भयो छठ)
आस्था र विश्वासको छठ पर्व आज बुधबारबाट सुरु /कोरोना संक्रमण जोखिमका कारण अधिकांश आफ्नै घरमा पर्व मनाउने तयारीमा /पहिलो दिन विधिवत स्नान गरी अरुवा अरुवाइन खाने प्रचलन ।

८.(निःशुल्क खाने ठाँउ)
काठमाडौं महानगरपालिकाले ठाउँको व्यवस्थापन गरिदिएपछि खुलामञ्चमा सञ्चालन हँुदै आएको निःशुल्क खाना खुवाउने अभियानलाई थापाथली स्थित प्रसूति गृह पछाडि सारियो /नयाँ ठाउँमा शौचालय, खानेपानी, फोहोर फाल्ने ठाउँ लगायतका पूर्वाधार महानगरले बनाइदिने ।

९.(सरकारको खोजी)
भत्ता दिन तथा तलव कटौती रोक्न माग गर्दे ३१ दिन देखि आन्दोलनमा उत्रिएका वीर अस्पतालका स्वास्थ्यकर्मीहरुको माग सरकारले सुनेन /सरकारले नै अहोरात्र खटिएका चिकित्सकहरुको मनोबल गिराउने काम गरेको स्वास्थ्यकर्मीहरुको आरोप ।

१०.(नाकाको पीडा)
सर्लाहीको मलङ्गवामा गोरखकाली नेपाल–भारत मुख्य सीमा नाका खोल्नुपर्ने माग राख्दै स्थानीयको धर्ना /नाका बन्द हुदा दुवै देशका बासिन्दा समस्यामा परेको भन्दै नखोलिए थप आन्दोलन गर्ने चेतावनी ।

११.(सहयोग सदुपयोग होस्)
नेपालको सहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणका लागि विश्व बैंकसँग ४२ अर्ब रुपैयाँ बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर /करिब १८ अर्ब रुपैयाँ बराबरको रकम विभिन्न ३३ नगरपालिकाहरुको सहरी विकास र पूर्वाधार आयोजनामा खर्च हुने ।

१२.(कहाँ अड्कियो निर्णय ?)
बंगलादेशबाट मल खरिद गर्ने निर्णय लिएको आठ दिन बितिसक्दा समेत मन्त्रिपरिषदको निर्णय कृषि मन्त्रालय पुगेन /निर्णय आइपछि मल नेपाल आइपुग्न एक महिना लाग्ने ।

१३.(खोपको मिति)
नेपालमा कोरोना भाइरस विरुद्धको खोप आउन कम्तीमा ६ महिना लाग्न सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको भनाई /अमेरिकाकी कम्पनी मोडर्नाले बनाएको खोपको प्रभावकारिता ९४ दशमलव ५ प्रतिशत देखिएपछि खोपको आशा बढ्दै ।

१४.(फाइदामा नेपाल)
आईसीसीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता एक वर्ष थप गरेसँगै नेपालको एकदिवसीय मान्यता पनि एक वर्ष लम्बियो/ अब नेपालको एकदिवसीय मान्यता सन् २०२३ को मार्चसम्म रहने ।

र,

१५.( विश्वमा हेर्दा)
कोरोना महामारीबाट हालसम्म विश्वमा १३ लाख ४५ हजार बढी संक्रमितको मृत्यु /५करोड ६० लाख बढीमा संक्रमण पुष्टि हुँदा ३ करोड ९० लाख बढी उपचार पनि निको भए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top