सचिवालय बैठकमा महासचिवको ‘सरप्राइज प्रस्ताव’: ‘सबैले राजीनामा दिऔं !’

३ मंसिर ७७, बिहीबार

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेलले नेतृत्व असफल भएको भन्दै सचिवालयका सबै सदस्यले सामूहिक राजीना गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठक सञ्चालनका क्रममा महासचिव पौडेलले यस्तो प्रस्ताव अघि सारेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए।

पार्टीभित्र अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विवाद चर्किदै जाँदा नेकपाको विवाद उत्कर्षमा पुगेको छ।

विवाद समाधानका लागि उपयुक्त प्रस्ताव ल्याउनुको साटो नेतृत्व नै विवादमा रुमलिएको भन्दै महासचिव पौडेलले यस्तो प्रस्ताव ल्याएका हुन्।

महासचिव पौडेलको यस्तो सरप्राइज प्रस्ताव गम्भीरतापूर्वक सुनेका अन्य सदस्यले यस विषयमा कुनै प्रतिक्रिया भने जनाएनन्। उनले राजीनामा गरेर नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताएका छन्।

‘पार्टी र सरकार चलाउन हामी असफल भयौँ। यो ढंगले पार्टी चलाउनु भन्दा सामूहिक राजीनामा गरौँ’, महासचिव पौडेलको भनाइ उद्धृत गर्दै ति सदस्यले भने, ‘नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गरौँ।’

बुधबारको बैठकमा प्रधानमन्त्री ओली र उनी पक्षीय सचिवालय सदस्य निर्धारित समयभन्दा ढिला गरी उपस्थित भएका थिए। बुधबारको सचिवालय बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले छुट्टै प्रस्ताव ल्याउने जानकारी गराइएको छ।

बैठकमा प्रधानमन्त्री ओलीले प्रस्तावको लागि १० दिन समय मागरेपछि अर्को सचिवालय बैठक मंसिर १३ गतेलाई तय गर्दै आजको बैठक सम्पन्न भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रवक्ता श्रेष्ठका अनुसार यसअघि पेश भएका र बाँडिएका दस्तावेजसँगै अध्यक्ष ओलीको प्रस्ताव समेतलाई लिएर छलफल गर्नेगरी मंसिर १३ गते सचिवालयको अर्को बैठक तय भएको हो।, यो समाचार आजको अन्नपूर्ण पोष्टमा छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top