×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

संसद्को हिउँदे अधिवेशन तयारी

४ मंसिर २०७७

काठमाडौँ: कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण उत्कर्षमा पुगेका बेला सङ्घीय संसद् सचिवालयले हिउँदे अधिवेशनको तयारी थालेको छ । एक अधिवेशन र अर्को अधिवेशन बीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक प्रावधान अनुसार पुस १७ भित्र हिउँदे अधिवेशन प्रारम्भ गर्नुपर्ने भएपछि अधिवेशनको तयारी थालिएको हो ।

सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले यस अघिभन्दा थप स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विभिन्न विकल्पसाथ अधिवेशनको तयारी थालिएको जानकारी दिनुभयो । उहाँले यसअघि कोरोनामा केन्द्रित भएर हामीले अधिवेशनको बैठक चलाएका थियौँ, अहिले हामीबीच सङ्क्रमित हुन सक्छन् भन्नेसमेत सोचेर बैठकको तयारी गर्नुपर्नेछ । संवैधानिक सीमाको ख्याल गरेर सचिवालयका तर्फबाट आन्तरिक तयारी भने गरिरहेका छौँ भन्नुभयो । अधिवेशनको प्रारम्भ भने मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपतिबाट बैठक आह्वान भएपछि हुनेछ ।

Advertisement
Advertisement

यसअघि कोरोना कहरबीच डाकिएको बजेट अधिवेशनमा सांसदबीच भौतिक दूरी कायम गरिएको थियो । प्रवेश गेटमा ज्वरो नाप्ने लगायतका सुरक्षात्मक उपाय अवलम्बन गरिएको थियो । साथै बैठक कक्षमा एक र अर्को सांसद बीचका दुई कुर्सी खाली राखिएका थिए । दुवै सदनको संयुक्त बैठकमा भने दर्शकदीर्घा रहने स्थानमा पनि सांसदलाई राखिएको थियो । एक बैठकको हकमा बैठक कक्ष मात्र प्रयोग भएको थियो ।

कोरोनाको अवस्था बढिरहेका कारण हाल सङ्क्रमित समेत हुनसक्ने अवस्था दृष्टिगत गरेर थप सुरक्षा उपाय अपनाइने गौतमले बताउनुभयो । यसअघि कायम भएको भौतिक दूरी थप बढाउने तयारी भइरहेको उहाँको भनाइ छ । ग्यालरीलाई समेत सांसद आशन कक्षमा विस्तार गर्ने योजना रहेको गौतमले बताउनुभयो ।

उहाँले हामी ग्यालरीलाई पनि सांसदको आशन कक्ष बनाउने गरी तयारी गरिरहेका छौँ । यो पटक संयुक्त बैठक बस्नुपर्ने अवस्था छैन । यसकारण केही सहज भने हुनेछ भन्नुभयो । यस्तै सचिवालयले स्वास्थ्य मापदण्ड अनुसार चिकित्सकको सल्लाहमा बैठक कक्ष नियमित सफाइ गर्ने, आवश्यक केमिकलको प्रयोगबाट बैठक प्रारम्भअघि सफाइ गर्ने जनाएको छ । विज्ञ सँगको परामर्शका आधारमा सफाइका अन्य योजना बनाउने सचिवालयको तयारी छ । यस्तै बैठकको प्रवेश विन्दुमा ज्वरो नाप्ने तथा हाजिर कक्षसमेत थप व्यवस्थित बनाउने तयारीमा सचिवालय छ । सचिवालयले राजनीतिक दलको परामर्शमा लक्षण देखिएका वा आशङ्कामा रहेका सांसदलाई बैठकमा उपस्थित हुँदा थप सतर्क हुन अपिल गर्ने तयारी गरेको छ ।

Advertisement

यसअघि बजेट अधिवेशन समेत कोरोना प्रभाव बढ्दै जाँदा आकस्मिक रूपमा अन्त्य गरिएको थियो । वार्षिक बजेट तथा संविधान संशोधन विधेयक पारित भएपछि असार १८ गते अधिवेशन अन्त्य गरिएको थियो । उक्त समय सीमा अनुसार ढिलामा पनि अब पुस १७ भित्र अधिवेशन प्रारम्भ भइसक्नुपर्नेछ ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top