राजेन्द्र राउत उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

४ मंसिर, विराटनगर ।
विराटनगरका उद्योगी राजेन्द्र राउत नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । प्रदेश १ बाट उम्मेदवारी दिएका राउत केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका हुन् ।

सात प्रदेशका लागि एक–एकवटा कोटा केन्द्रीय सदस्यका लागि छुट्याइएको हुन्छ । जसमा प्रदेश एकबाट राउत सर्वसम्मत चयन भएका हुन् । उद्योगी राउत महासंघको प्रदेश एक कमिटीका उपाध्यक्ष समेत हुन । राउतको लगानीमा गार्मेन्ट, चुनढुंगा खानी, सिमेन्ट उद्योग, जुत्ताचप्पल उद्योग, हेबी इक्यूपमेन्ट र स्पेयर्स पार्टस, गाडी, टायर, पेट्रोलियम पदार्थ जस्ता उद्योग व्यवसाय सञ्चालनमा रहेका छन् ।

२१ वर्षको उमेरमा साग्रिला इन्टरनेशनल एपारल्समा प्रवन्धक निर्देशकको रुपमा प्रवेश गरेका राउत अहिले देशका प्रतिष्ठित उद्योगी मानिन्छन् । राउत सफल उद्योगी–व्यवसायी मात्रै नभई सामाजिक क्षेत्रमा महत्वपूर्ण योगादन गर्ने व्यक्तिको रुपमा परिचित छन् । राउतको नेतृत्वमा विराटनगरमा विराट गोल्डकप प्रतियोगिता दुई संस्करण्न सम्म सफल रुपमा सम्पन्न भएको थियो ।

Advertisement

त्यस्तै द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सन्दीप अग्रवाल केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका छन् । उनीहरु सर्वसम्मत चयन भइसके पनि औपचारिक रुपमा विजयी घोषणा भैसकेको छैन । उनीहरु दुवैजनाले वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालको समूहबाट उम्मेदवारी दिएका थिए । अन्य पदमा भने चुनाव हुनेछ ।

महासंघको ५४औं वाषिर्क साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । गत चैत्रमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड–१९ काकारण स्थगित भएको थियो । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्ने पक्का छ भने बाँकी पदहरुमा चुनाव हुँदैछ । आगामी वरिष्ठ उपाध्यक्षका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान चुनावी मैदानमा छन ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top