×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

चिसो बढेपछि डोल्पा र हुम्लाका ७ प्रहरी चौकी विस्थापित

६ मंसिर २०७७

काठमाडौँ: रुकुम पश्चिम र हुम्ला — चिसो बढेपछि कर्णालीको माथिल्लो डोल्पा र हुम्लाका सात प्रहरी चौकी सदरमुकाममा विस्थापित भएका छन् । अत्यधिक हिमपात हुने भएकाले झन्डै ६ महिना उच्च हिमाली क्षेत्रका चौकी खाली हुने गरेका छन् ।

डोल्पाको डोल्पोबुद्धका २ र शेफोक्सुन्डो गाउँपालिकाका तीन प्रहरी चौकीमा कार्यरत प्रहरी सदरमुकाम दुनै आएका छन् । डोल्पोबुद्ध गाउँपालिका–१ स्थित धो, ५ नम्बर वडाको तिन्जे, शेफोक्सुन्डो गाउँपालिका–३ स्थित निजालगुम्बा, ५ नम्बरको भिजेर र ४ नम्बर वडाको राप प्रहरी चौकी खाली भएका हुन् । चिसोमा बस्न नसकिने भएपछि त्यहाँ कार्यरत प्रहरी दुनै आएको जिल्ला प्रहरी प्रमुख डीएसपी राजु पाण्डेले बताए । ‘हरेक वर्षजस्तै यसपालि पनि प्रहरीहरू न्यानो ठाउँमा सरिसकेका छन्,’ उनले भने, ‘उनीहरू अब वैशाखरजेठमा मात्र चौकीमा फर्कन्छन् ।’ प्रहरी चौकी उठेपछि बैंकहरू पनि दुनैमा सरेको उनले जानकारी दिए ।

Advertisement
Advertisement

हिमपातको सिजन सुरु भएपछि नेपाल–चीन सीमा सुरक्षामा तैनाथ हुम्लाको नाम्खा गाउँपालिकाका दुई प्रहरी चौकी पनि हुम्ला सदरमुकाम सिमकोट विस्थापित भएका छन् । अत्यधिक चिसो बढेपछि हिल्सा र सुनखानी चौकीमा कार्यरत प्रहरीलाई सिमकोट बोलाइएको हो । चिसोका कारण बर्सेनि जेठ महिनामा सदरमुकामबाट गएको प्रहरी टोली कात्तिक दोस्रो सातासम्म हिल्सा र सुनखानी बस्छ । हिमपात हुन थालेपछि प्रहरीलाई सदरमुकाम फिर्ता बोलाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सीताराम विष्टले बताए । सुखानी चौकीमा प्रहरी नायब निरीक्षक (सई) को नेतृत्वमा २३ जना प्रहरी दरबन्दी कायम गरिएको छ । तर यस वर्ष ७ जना मात्रै प्रहरी सीमा प्रहरी चौकी पुगेका थिए । हिल्सामा कार्यरत १४ प्रहरी पनि सदरमुकाम आएको उनले जानकारी दिए ।

Advertisement

हिमपात भएपछि चीन–नेपाल नाका झन्डै ६ महिना बन्द हुन्छ । जाडोमा लिमीका सबै गाउँ सुनसान हुने स्थानीय पेम्बा तामाङले बताए । उनका अनुसार लिमीका अधिकांश बासिन्दा जाडो छल्न सिमकोट, नेपालगन्ज र काठमाडौँ जाने गरेका छन् । गाउँ नै सुनसान हुने भएकाले प्रहरी चौकी पनि विस्थापित हुने उनले जानकारी दिए । चीनसँग सीमा जोडिएको हिल्सामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) समेत छ । जहाँ सशस्त्र प्रहरी निरीक्षक सुरज केसीको नेतृत्वमा २२ प्रहरी छन् । बीओपी भने सदरमुकाममा विस्थापित नहुने सशस्त्र प्रहरी निरीक्षक केसीले टेलिफोनमा बताए ।, यो समाचा आजको कान्तिपु दैनिकमा छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top