याे वर्ष ३९ प्रतिशत विद्यार्थी विद्यालय भर्ना

५ जेठ ७५, आइतबार

काठमाडौँ, ६ जेठ ः सरकारले यस वर्ष विद्यालय बाहिर रहेकामध्ये ३९ प्रतिशत विद्यार्थी मात्र विद्यालयमा भर्ना गरेको छ ।

वैशाख महिनाभरी सञ्चालित विद्यार्थी भर्ना अभियानमा ८८ हजार ८८७ विद्यार्थीमध्ये ३४ हजार ३४४ जना मात्र भर्ना गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले जानकारी दिए ।

उनका अनुसार भर्ना गरिएका विद्यार्थी प्राथमिक तहका हुन् । सरकारले विद्यालय जाने उमेर समूहका विद्यार्थीलाई विद्यालयमा ल्याउनका लागि घरदैलो अभियान सञ्चालन गरेको थियो । उनले अभियानमा कक्षा १ देखि दशसम्म करीब सात लाख २४ हजार वद्यार्थी भर्ना गरिएको बताए।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुमा एक विद्यार्थी भर्ना गरी अभियानको शुरुआत गरेका थिए । प्रवक्ता अर्यालले बाँकी भर्ना हुन नसकेका विद्यार्थीलाई शैक्षिकसत्रभरी भर्ना गर्न पहल गरिने बताए ।

अभियानमा यस वर्ष ७७७ विद्यार्थीको अभिभावकत्व ग्रहण गरिएको छ । ती विद्यार्थीलाई प्रधानमन्त्री, मन्त्री, सांसद, नगरप्रमुख तथा उपप्रमुख, चलचित्र नायक आदिले विद्यालयमा भर्ना गरेर अभिभावकत्व ग्रहण गरेका छन् । यस वर्ष गरीब, अपाङ्गता भएका र पिछडिएका क्षेत्रका विद्यालय उमेर जाने विद्यार्थीलाई पाठ्यपुस्तकसहित विद्यालय भर्ना गरिएको थियो । सरकारले वर्षेनी भर्ना अभियान सञ्चालन गरे पनि तोकेअनुसारको विद्यार्थी भर्ना गराउन सकेको छैन ।
रासस

Advertisement

 

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top