उदयपुरको ताप्ली गाउँपालिका कार्यालयमा बम बिस्फोट

७ मंसिर, उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका कार्यालयमा बम बिस्फोट भएको छ ।

Advertisement

गएराति कार्यालयको बरन्डामा रहेको सहायता कक्षमा बम बिस्फोट भएको हो ।

रुपाटारस्थित गाउँपालिका कार्यालयको बरन्डामा बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक भीम दाहालले बताएका छन् ।

Advertisement

घटनाको कसैले जिम्मेवारी नलिएको उनले बताए । घटनास्थलमा अहिले प्रहरी पुगिसकेको छ ।

सुतली बम बिस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top