NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ? बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड बिहिबार असार १९ , २०८२
रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह  बिहिबार असार १९ , २०८२
विवाहको दुई हप्ता नबित्दै लिभरपुलका जोटाको निधन बिहिबार असार १९ , २०८२
Next
Prev

समाचार

महामारीमा पर्यटनः जगाउँदैछ आशाको सञ्चार

आइतवार मंसिर ७ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
भोलि बिहीबारदेखि पर्यटकीय व्यवसाय खुल्दै
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

७  मंसिर, काठमाडौं ।

बन्दाबन्दीको आठ महिनापछि विदेशी पर्यटकलाई स्वागत गर्न पाउँदा पर्यटन व्यवसायी नवराज दाहाल दङ्ग छन् । कोभिड–१९ को महामारी रहेकै समयमा स्टोनियाका पर्यटकलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा माला र खादा पहिर्याएर स्वागत गर्दाको क्षण आफू निकै खुशी भएको उनको अनुभव छ । “आठ महिनापछि पहिलो पटक विदेशी पर्यटकलाई स्वागत गर्न पाउँदा म धेरै खुशी भएको छु । यसले हामीलाई उत्साह थपेको छ” व्यवसायी दाहालले सामाजिक सञ्जाल फेसबुकमा तस्वीरसहित पोष्ट गरेका छन् ।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्षसमेत रहेका दाहालले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने अहिलेको अवस्थामा पनि पर्यटक आउनुले पर्यटन क्षेत्रका लागि आशा र उत्साह जगाएको बताए । हालको मापदण्डलाई केही खुकुलो बनाएको खण्डमा नेपालमा प्रशस्त विदेशी पर्यटक आउने उनको विश्वास छ । अहिले अन्तर्राष्ट्रिय उडान खुलेको र मापदण्ड पालना गरेर विदेशी आउने व्यवस्था मिलाइएको छ । नेपालमा पर्यटकीय गतिविधि पनि बढेको छ । गन्तब्यमा आन्तरिक पर्यटकको ओइरो लाग्ने गरेको छ भने थोरै सङ्ख्यामा विदेशी पर्यटक पनि पदयात्रा तथा पर्वतारोहणमा निस्किएका छन् ।

Advertisement

“मापदण्डलाई सरल र सहज बनाइनुपर्छ, पिसिआर रिपोर्ट नेगेटिभ भएका पर्यटकलाई ‘अनअराइभल’ प्रवेशाज्ञा (भिषा) को व्यवस्था गरी तीन दिन होटल क्वारेन्टिनमा राखेर जान चाहेको गन्तब्यमा जान दिनुपर्छ”, नेपाल इन्भायरोमेन्टल ट्रेक्स एण्ड एक्स्पिडिसन प्रालिका सञ्चालक दाहालले भने ।

पर्यटन व्यवसायी राजेन्द्रप्रसाद सापकोटा पनि क्वारेन्टिनको अहिलेको मापदण्डलाई खुकुलो बनाई यहाँ आएका विदेशी पर्यटकको ७२ घण्टापछि पिसिआर रिपोर्ट नेगेटिभ आएको खण्डमा उसले चाहेको गन्तब्यमा जान दिने हो भने पर्यटन क्षेत्रमा राम्रो सन्देश जाने बताउँछन् ।

“अहिले पातलो सङ्ख्यामा विदेशी पर्यटक आउन थालेका छन् यसले पर्यटन क्षेत्रमा आशाको सञ्चार भएको छ, हालको मापदण्डलाई सरलीकरण गर्नेतर्फ सरकारी निकायको ध्यान जान जरुरी छ”, नेपाल पर्यटन बोर्डका पूर्व सञ्चालक समिति सदस्यसमेत रहेका सापकोटाले भने ।

आउटडोर हिमालयन ट्रेक्स कम्पनी तथा पर्यटकस्तरीय दुई होटल सञ्चालन गरेका सापकोटाले अहिले दैनिक १० देखि २० जनासम्म पर्यटक आउने गरेको बताए । महामारीकैबीच भदौ १६ देखि अन्तरराष्ट्रिय नियमित उडान तथा असोज ५ गतेदेखि आन्तरिक उडान शुरु भएसँगै आन्तरिक र बाह्य पर्यटकको चहल पहल बाक्लिएको छ ।

सरकारले कात्तिक १ देखि पदयात्रा र पर्वतारोहण पनि खुला गरेको थियो । होटल क्षेत्र पनि खुलिसकेको छ । शरद ऋतुमा बाक्लो सङ्ख्यामा विदेशी आरोहण तथा पदयात्राका लागि नेपाल आएका छन् । पर्यटन विभागको विवरणमा शरद ऋतुको आरोहणमा हालसम्म विभिन्न हिमाल आरोहणका लागि सात आरोहण दललाई आरोहण अनुमति दिइएको छ । आरोहणबाट कूल रु ३३ लाख ७४ हजार ८२ रुपैयाँ राजस्व पनि सङ्कलन भएको छ ।

विदेशी विशिष्ठ व्यक्तिको आरोहण
पछिल्लो पटक मङ्सिरदेखि प्रतिबन्धित पर्यटनका लगभग सबै क्षेत्र खुला गरिएको छ । महामारीकैबीच विदेशी विशिष्ठ व्यक्तिको हिमाल आरोहणले नेपालको पर्वतीय पर्यटन सुरक्षित रहेको सन्देश विश्व बजारमा गएको छ । धार्मिक क्षेत्र, सम्पदा तथा तीर्थस्थल पनि क्रमशः खुल्दैछन् । यसले पर्यटकीय गतिविधि बढेको छ । नेपालको पर्यटन छिट्टै पुरानै लयमा फर्कने सरकार तथा निजी क्षेत्रका व्यवसायीको विश्वास छ ।

गत मङ्सिर २ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अमादब्लम आरोहणमा आएको बेलायती आरोहण दलका सदस्यलाई आधार शिविरमै पुगेर हौसला प्रदान गर्नुभयो । यसअघि १४ पटक सगरमाथाको सफल आरोहण गरेका बेलायती क्यान्टन र उनको आरोहण दलका सदस्य अमादब्लम आरोहणमा निस्किएको हो ।

यसअघि कात्तिक २६ गते कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्लाले मनास्लु हिमाल तथा बहराइनका राजकुमारको आरोही दलले अमादब्लम हिमाल चढेर नेपालको पर्वतीय पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर दिनुभएको महसुस नेपालको पर्यटन क्षेत्रले गर्न पाएको छ । यसलाई यस समयको अत्यन्तै महत्वपूर्ण सन्देशका रुपमा नेपालका पर्यटन व्यवसायीले लिएका छन् । त्यसअघि बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहितको रोयल फोर्सको आरोही दलले मनास्लु हिमाल आरोहण गरेर स्वदेश फर्किएको थियो ।

स्वदेशी तथा विदेशीको आरोहणले पर्यटन क्षेत्रमा उत्साह जगाएको छ । कोभिड महामारीको अवस्थामा पनि स्वदेशी तथा विदेशी आरोहीको आरोहणले नेपालको पर्वतीय पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन सहयोग पुग्ने विभागको पर्वतारोहण शाखा प्रमुख एवं निर्देशक मीरा आचार्यले बताइन् । यी आरोहणले सन् २०२१ को वसन्त ऋतुको आरोहणका लागि आधार तयार भएको उनको भनाई छ ।

नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का पूर्व अध्यक्ष आङछिरिङ शेर्पाले पर्वतारोहण तथा पदयात्राका लागि अहिले केही सङ्ख्यामा आएका पर्यटकले व्यवसायिलाई उत्साही बनाएको बताए । उनले स्वास्थ्य सुरक्षा मापदण्डलाई केही खुकुलो बनाएर नेपाल प्रवेशमा सहजीकरण गर्नसके नेपालको पर्यटन क्षेत्र छिट्टै नै पुरानै लयमा फर्कने विश्वास व्यक्त गरे ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले पर्यटनका प्रतिबन्धित क्षेत्र क्रमशः खुल्दै गएको र पर्यटकीय गतिविधि पनि बढेकाले नेपालको पर्यटन विस्तारै पुरानै लयमा फर्कने विश्वास व्यक्त गरे । पछिल्ला असोज र कात्तिक महिनामा विदेशी पर्यटक पनि बाक्लै सङ्ख्यामा आइरहेकाले पर्यटनका लागि आगामी दिन सुखद् रहने उनको भनाइ छ ।

पर्यटक बढे
नेपालमा बन्दाबन्दी र प्रतिबन्धपछि करिब आठ महिनाको अवधिमा विदेशी पर्यटकको आवागमन लगभग शून्यप्रायः रह्यो तर बन्दाबन्दी शुरु भएयता कात्तिक महिनामा सर्वाधिक सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागको विवरणमा कात्तिक महिनामा मात्र दुई हजार ९०० विदेशी नागरिक नेपाल आएका छन् । उनीहरुमध्ये एक हजार ३७० पुरुष र ६३९ महिला हुन् । उक्त अवधिमा अमेरिकाबाट ४५५, बेलायतबाट ३२६ पर्यटक नेपाल आएका छन् । चीनबाट १६१, भारतबाट १२५, टर्कीबाट ८२ र रुसबाट ८१ जना पर्यटक नेपाल आएका छन् ।

यसअघि साउन महिनामा १३७, भदौमा ४११ र असोजमा एक हजार १९१ विदेशी पर्यटक नेपाल आएको देखिन्छ । अहिले घुमफिर वा कुनै उद्देश्यका लागि नेपाल आउने विदेशी पर्यटकले सात दिन होटल क्वारिन्टन बस्नुपर्ने व्यवस्था छ । पिसिआर रिपोर्ट नेगेटिभ आएपछि मात्रै उनीहरु चाहेको गन्तब्य जान पाउँछन् ।

अहिले आएका पर्यटकमध्ये धेरै नेपालस्थित कूटनीतिक नियोगका कर्मचारी, विदेशी उच्चस्तरका पाहुना तथा संयुक्त राष्ट्रसङ्घ आबद्ध कर्मचारी धेरै छन् । पर्यटक बढे पनि बोर्डबाट अक्टोबर महिनामा ८० हाराहारीमा मात्रै प्रवेशाज्ञाका लागि सिफारिस गरिएको बोर्डका निर्देशक लामिछानेको भनाइ छ । उनले हालको सङ्क्रमणलाई कम गर्न बोर्डले सङ्कटका समयमा गरिएको सम्पर्क या सञ्चार ‘क्राइसिस् कम्युनिकेशन टुल’ को तयारी गरिरहेको जानकारी दिए ।

पाँचतारे होटल पर्ख र हेरको अवस्थामै
महामारीबाट बढी प्रभावित बनेको होटल क्षेत्रमा अहिले पनि उत्साह छैन । साना तथा पर्यटकस्तरका होटल सञ्चालनमा रहेपनि पर्याप्त पाहुना छैनन् । ठूला पाँचतारे होटल पनि पुरै खुलिसकेका छैनन् । होटल खोल्दा खर्च बढ्ने तर व्यापार भने नहुने देखिएपछि अझै पनि व्यवसायी त्रासमै देखिन्छन् । कोरोना सङ्क्रमण दर बढिरहेकाले पनि विदेशी पर्यटकको सङ्ख्या बढ्न सकेको छैन ।

सङ्ख्यामा कम भए पनि अहिलेको परिस्थितिमा पर्यटक आउनु नै खुशीको विषय भएको होटल एशोसिएसन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहको भनाइ छ । उनका अनुसार दशैँ तिहार र छठ पर्वका अवसरमा आन्तरिक पर्यटक बढेका छन् । पोखरा, चितवन, लुम्बिनीलगायत गन्तब्यका होटलमा राम्रो व्यापार भएको छ तर ठूला होटल पूर्णरुपमा सञ्चालनमा आउन सकेका छैनन् । महामारीबाट कसरी बच्ने भन्ने पनि ठूलो चुनौती रहेको छ ।

“हामी होटल जतिखेर पनि सञ्चालन गर्न सबैखाले तयारीमा छौँ, तर पाहुना पर्यटक आउनुपर्यो व्यापार हुनुपर्यो नत्र होटल खोलेर खर्च बढ्ने मात्रै हो । कतिपय खुलेका होटल तथा रेष्टुरेन्ट पनि कोरोना सङ्क्रमण बढेपछि बन्द गर्नुपर्ने अवस्थामा छन् । फेरि पनि हामी आशावादी छौँ आगामी दिनमा पर्यटन क्षेत्र गतिशील हुनेछ”, उपाध्यक्ष शाहले भने । हानमा आबद्ध पर्यटकस्तरदेखि पाँचतारे गरी देशभर तीन हजार हाराहारी होटल छन् ।

आन्तरिक उडानमा उत्साह

महामारीबाट बढी प्रभावित बनेको मुलुकको हवाई क्षेत्र भने विस्तारै उकासिने क्रममा छ । महत्वपूर्ण चाडपर्व तथा पर्यटकीय याम भएकाले पनि अहिले आन्तरिक उडान उत्साहवद्र्धक छ । तिहारअघिसम्म एयरलाइन्सको करिब ९० प्रतिशत अकुपेन्सी रहेको थियो तर तिहारपछि एयरलाइन्सको व्यापार सुस्त रहेको वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले बताए । अहिले हेलिकप्टरको व्यापार झनै खस्केको छ । आन्तरिक उडानमा १० हेलिकप्टरसहित १९ वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् ।

महामारीबाट अर्थतन्त्रका अन्य क्षेत्रभन्दा पर्यटन क्षेत्र बढी प्रभावित बनेको छ । नेपाल मात्र नभई संसारकै पर्यटन क्षेत्रमा यसको असर छ । संयुक्त राष्ट्रङघ, विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ) ले पनि अघिल्लो वर्षको तुलनामा सन् २०२० मा विश्व पर्यटन बजार ६० प्रतिशत घट्ने प्रक्षेपण गरेको छ ।

नेपालमा सन् २०१९ को तुलनामा सन् २०२० मा करिब २० प्रतिशत मात्र विदेशी पर्यटक आउने अनुमान गरिएको छ । जुन अघिल्लो वर्षको तुलनामा ८० प्रतिशत गिरावट हो । नेपाल पर्यटन बोर्डले यो वर्ष करिब २० प्रतिशत मात्रै पर्यटक आउने आँकलन गरेको छ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ र सन् २०१८ मा ११ लाख ७३ हजार ७७ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । –सिबी अधिकारी/रासस

लोकप्रीय

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२

विचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२

थप समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान
ताजा समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?
अन्तर्राष्ट्रिय

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड
अन्तर्राष्ट्रिय

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२
रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 
ताजा समाचार

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 

बिहिबार असार १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.