अब कर्मचारीले लोक सेवाका तयारी कक्षा पढाउन नपाउने

७ मंसिर, काठमाडौँ ।

Advertisement

अब कुनै पनि कर्मचारीले स्वीकृति नलिई लोक सेवा आयोगलगायतका अन्य प्रतिस्पर्धात्मक परीक्षा तयारी कक्षामा पढाउन नपाउने भएका छन्। कुनै इन्स्टिच्युटमा भौतिक वा अनलाइन माध्यमबाट उपस्थित भई पढाउन नपाउने भएको हो ।

निजामती सेवामा कर्मचारीलाई मर्यादित र तल्लीन बनाई प्रभावकारी सेवा प्रवाह गर्नका लागि । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै कर्मचारीलाई स्वीकृतिबिना पढाउनका लागि निषेध गरेको हो ।

Advertisement

कुनै इन्स्टिच्युटमा भौतिक वा अनलाइन माध्यमबाट परीक्षाको तयारीका लागि प्रशिक्षण वा पढाउन नपाइने मन्त्रीस्त्रीय निर्णय गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । पढाउन चाहने सहसचिव वा सोभन्दा माथिका पदका कर्मचारीले मन्त्रिपरिषद् र अन्य कर्मचारीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृति लिनुपर्ने छ ।

मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले जारी गरेको विज्ञप्तिमा कर्मचारी इन्स्टिच्युटमा उपस्थित भई र अनलाइको माध्यम प्रयोग गरी लोक सेवा आयोग वा अन्य निकायबाट सञ्चालन गरिने प्रतिस्पर्धात्मक परिक्षाको तयारी कक्षामा लिखित र मौखिक प्रशिक्षण दिन नहुने उल्लेख छ ।

Advertisement

यसअघि कुनै मन्त्रालय वा निकायले उक्त प्रशिक्षणका लागि स्वीकृति दिएको भए पनि आइतबारकै मितिदेखि उक्त निर्णय निष्क्रिय हुने छ ।

सबै मन्त्रालय र निकाय उक्त कार्यका लागि कुनै पनि कर्मचारीलाई बिदा नदिने र काजमा खटाई गएको अवस्थामा प्रशिक्षण कार्यमा सहभागी हुन सक्नेतर्फ सचेत बन्नसमेत मन्त्रालयले सबै कर्मचारीलाई आग्रह गरेको छ ।

उक्त निर्णय स्थानीय र प्रदेश तहमा समायोजन भई गएका कर्मचारीको हकमा समेत लागू हुने जनाइएकाे छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top