×

NEPAL TIMES UPDATES

Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026

अवैध रुपमा नेपाल आउने विदेशी सरकारको टाउको दुखाई बन्दै

८ मंसिर २०७७

८ मंसिर, काठमाडौं । भारतसँगको खुला सीमानाका कारण अवैध रुपमा नेपाल आउने विदेशी र नेपालबाट तेस्रो मुलुक जानेहरुलाई नियमन गर्न चुनौतीपूर्ण बन्दै गएको छ ।

दक्षिणतर्फ खुला सीमाना भएका कारण अनुचित रुपमा हुने आगमन र प्रस्थानलाई नियन्त्रण र नियमन गर्न चूनौतीपूर्ण रहेको अध्यागमन विभागको ठहर छ ।

Advertisement
Advertisement

नेपाल भारत सीमानामा विभिन्न ८ स्थानमा अध्यागमन कार्यालय भएपनि धेरै ठाउँबाट सहज आवागमन हुने भएकाले निगरानी राख्न चुनौतीपूर्ण बन्दै गएको हो ।

विभागका महानिर्देशक रमेशकुमार केसी नेपाल प्रवेश गर्ने खुला ठाउँ धेरै हुनु र अध्यागमन कार्यालय सिमित मात्रामा हुनुले आवागमनमा निगरानी राख्न नसकिएको बताउछन्।

विधायन व्यवस्थापन समितिको बैठकमा अध्यागमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा उनले पर्यटक र अध्ययन भिसामा नेपाल आएर धर्म प्रचार गर्ने लगायतका अनुचित काम गर्दै आएको पाइएको बताए ।

उनले भने, ‘‘विदेशहरुले नेपालमा के कस्ता गतिविधि गर्छन् । पर्यटक भिसा, अध्ययन भिसा लिएर अन्य गतिविधि गर्छन् । बेला बेला धर्मचार देखि लिएर अन्य कुरा गरेको देखिन्छ । त्यसैले विदेशीहरुको दायित्वलाई एकीकृत गर्न चुनौतीपूर्ण देखिएको छ । ’’

भिसा शुल्क र अन्य शुल्क मार्फत प्रतिवर्ष २ अर्ब बढी राजस्व संकलन हुँदै आएको छ । महानिर्देशक केसीले गत वर्ष मात्रै २ अर्ब ३२ करोड राजस्व संकलन भएको बताए । यस्तै आर्थिक वर्ष २०७५/०७६ मा २ अर्ब ७४ करोड, ०७४/०७५ मा २ अर्ब ४५ करोड, ०७३/०७४ मा २ अर्ब २३ करोड राजस्व संकलन भएको बताए ।

अध्यागमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अहिले विधायन व्यवस्थापन समितिमा छलफलका क्रममा रहेको छ । समितिको बैठकमा सांसद रामनारायण विडारीले खुला सीमानाको फाइदा उठाउँदै नेपालमा आएर बसेकाहरुले नेपालबाटै विदेश जान्छु भन्यो भने के गर्छ नेपालले ? भन्ने विषय पनि ऐनमा समेट्नु पर्ने बताए ।

सांसद विमला राई पौड्यालले कुनैपनि भिसा लिएर विदेश गएका र अलपत्र रहेका नागरिकहरुलाई स्वदेश फर्काउने हकमा अध्यागमन विभागले के काम गर्ने गरेको छ भन्दै प्रश्न गरे ।

नेपालमा वर्षेनी लाखौँ पर्यटक भित्रिने गरेका छन् । ती मध्ये सबैभन्दा बढी पर्यटक भारतबाट (२१ प्रतिशत) आउने गरेका छन् । यस्तै चीनबाट १४ प्रतिशत आउने गरेका छन् ।

यो वर्ष अक्टोबर सम्म विभिन्न देशबाट २ लाख २ हजार पर्यटक नेपाल आएका छन् । सन् २०१९ मा ११ लाख ९७ हजार र २०१५ मा ६ हजार ३८ हजार पर्यटन नेपाल भित्रिएका छन् । २०१९ देखि आजसम्म विभिन्न कसुर गरेका ६ सय ७६ जन विदेशीहरुलाई देश निकाला गरिएको छ ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top