×

NEPAL TIMES UPDATES

Playing
महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम || Nepal Times
Mar 11, 2026
Playing
बालेनको फोटो र भोजपुरी गीतले मच्चायो तहल्का|| Nepal Times
Mar 11, 2026
Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026

किन आउँदै छन् चिनियाँ दूत ?

९ मंसिर २०७७

काठमाडौं : भारतीय पक्षबाट नेपाल भ्रमण बढिरहेका बेला चिनियाँ राष्ट्रपति सी चिनफिङले विशेष दूत काठमाडौं पठाउँदै छन्। चिनियाँ रक्षामन्त्री वेई फेङहे राष्ट्रपति सी चिनफिङको सन्देश लिएर आइतबार विशेष जहाजबाट काठमाडौंमा उत्रिनेछन्। परराष्ट्र मन्त्रालय र चिनियाँ राजदूतावासले रक्षामन्त्री फेङ्हेको नेपाल भ्रमणको तयारी छुट्टाछुट्टै गरिरहेका छन्।

भारतीय गुप्तचर संस्था रअका प्रमुख सामान्तकुमार गोयल र भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणेको भ्रमणलगत्तै चिनियाँ रक्षामन्त्री फेङहे नेपाल आउन लागेका हुन्। यस्तै, नेपाल–भारत सचिवस्तरीय वार्ताका लागि भारतीय विदेशसचिव पनि फेङ्हेको भ्रमणअघि नै काठमाडौं आउनेछन्। गत वर्ष चीन भ्रमणमा गएका बेला उपप्रधानमन्त्री ईश्वर पोख्रेलले तत्कालीन रक्षामन्त्रीको हैसियतमा चिनियाँ समकक्षी फेङ्हेलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। झट्ट हेर्दा नियमितजस्तो देखिए पनि अन्तर्राष्ट्रिय उडान सुचारु नभएको र नेपालमा कोरोना भाइरस संक्रमण बढिरहेका बेला हुन लागेको चिनियाँ रक्षामन्त्रीको भ्रमण अर्थपूर्ण र राजनीतिक केन्द्रित हुने विश्लेषक बताउँछन्।

सत्तारुढ दल नेकपा गम्भीर संकटमा परेका बेला फेङ्हेको नेपाल भ्रमण रक्षा मामिलाभन्दा पनि राजनीतिक विषयमा केन्द्रित हुने देखिएको छ। उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन्। उनले नेकपाका केही शीर्ष नेतालाई सामूहिक भेट गर्ने कार्यक्रम रहेको स्रोतले बताएको छ।

चिनियाँ राजदूत होउ यान्छीले नेकपाका दुई अध्यक्षमध्ये एक पुष्पकमल दाहालसँग सोमबार बिहान भेट गरेकी छन्। उक्त भेटमा नेकपाको विवाद र फेङ्हेको भ्रमणबारे छलफल भएको थियो। राजदूत यान्छीले चिनियाँ रक्षामन्त्रीको भ्रमणबारे औपचारिक जानकारी दाहाललाई गराएको स्रोतले बताएको छ। ती स्रोतका अनुसार राजदूत यान्छीले फेङ्हेले नेकपाका केही शीर्ष नेतालाई सामूहिक भेट्न सक्नेबारे पनि दाहाललाई जानकारी दिइन्।

उनले गत मंगलबार राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई छुट्टाछुट्टै भेट गरी यसबारे औपचारिक जानकारी गराएकी थिइन्। फेङ्हेले प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेट गर्नेे कार्यक्रम छ। नेकपाभित्र गहिरो संकट आउनु, अमेरिकी परियोजना एमसीसी पास गर्न खोज्नु र बीआरआईका परियोजनालाई प्राथमिकतामा नराखेको विषयमा चीन प्रधानमन्त्री ओलीसँग सशंकित देखिएको छ।

नेकपाभित्र जतिबेला विवाद उत्कर्षमा पुग्छ त्यतिबेला चिनियाँ राजदूतले नेकपा नेताहरूसँग बाक्लो भेटवार्ता गर्दै आएकी छन्। उनले केही महिनाअघि प्रधानमन्त्री ओलीसँग भेट गरी पार्टी फुट्नुभन्दा एक पद छाड्दा उपयुक्त हुने बेइजिङको सन्देश सुनाएकी थिइन्। नेकपा फुट्ने अवस्थामा पुगे प्रधानमन्त्री ओलीले एक पद त्यागेर पार्टी जोगाउनुपर्ने पक्षमा चीन देखिएको छ। त्यसपछि प्रधानमन्त्री ओली चीनप्रति थप सशंकित भएका थिए भने राजदूतलाई पनि लामो समय भेट दिएका थिएनन्।

प्रधानमन्त्री ओली र चिनियाँ अधिकारीबीच एकअर्कामा विश्वासको वातावरण देखिएको छैन। राजदूत यान्छीले सरकारसँगको चीनको पछिल्लो सम्बन्ध, अमेरिकी परियोजना एमसीसी र चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै हुने प्रदर्शनबारे बेइजिङमा रिपोर्टिङ गरेको स्रोतले बताएको छ। फेङ्हेको भ्रमण पूर्णरूपमा राजनीतिक हुने त्यसमा पनि फुटबाट नेकपालाई जोगाउने, प्रधानमन्त्री ओलीसँग चिसिएको सम्बन्ध सुमधुर बनाउन केन्द्रित हुने स्रोतले बताएको छ।

उपप्रधानमन्त्री पोखरेल र प्रधानसेनापति थापाले गत वर्ष फरक–फरक समयमा चीन भ्रमण गरेका थिए। उपप्रधानमन्त्री पोखरेलको भ्रमणका बेला चीनले नेपाली सेनालाई दिने २.५ विलियन चिनियाँ मुद्राबराबरको सैन्य सहयोगमा हस्ताक्षर भएको थियो। चिनियाँ रक्षामन्त्रीको भ्रमणका बेला विगतका भएका सम्झौताबमोजिमको सहयोग हस्तान्तरण हुने र केही महत्वपूर्ण रक्षा सम्झौता हुन सक्ने अपेक्षा गरिएको छ।, याे समाचार अन्नपूर्ण पाेस्ट दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top