नेपाल-भारत सम्बन्ध: विदेश सचिवको भ्रमणले हार्दिकतातर्फ फर्कने अपेक्षा

८ मंसिर ७७, मंगलबार

९ मंसिर, काठमाडौँ ।

सुगौली सन्धिअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको आफ्नो भूभागलाई समेटेर नेपालले नयाँ राजनीतिक एवं प्रशासनिक नक्शा प्रकाशन गरेपछि केही चिसिएको नेपाल-भारत सम्बन्ध बिहीबारदेखि हुने भारतका विदेश सचिवको भ्रमणबाट पुनः हार्दिकतातर्फ फर्कने अपेक्षा दुवै देशका नागरिकले गरेका छन् ।

सामारिक महत्वको नेपाली भूमि कालापानी क्षेत्रलाई छ दशकदेखि आफ्नो स्वामित्व दावी गर्दै आएको भारतले गत वर्ष नेपालको भूभागलाई समेटेर एकतर्फी रुपमा नयाँ नक्शा जारी गर्नाका साथै नेपालको भूमि लिपुलेक भएर तिब्बतको कैलाश मानसरोवर पुग्ने बाटो निर्माणपछि उद्घाटन नै गरेपछि नेपालले पनि आफ्नो राजनीतिक एवं प्रशासनिक नक्शा अद्यावधिक गरेको वास्तविकताप्रति दुवै देशका जनता अनभिज्ञ छैनन् ।

Advertisement

आकार र आर्थिक सामथ्र्यका आधारमा विश्वमानचित्रमा सानो भए पनि ओजपूर्ण अस्तित्वलाई अक्षुण्ण राख्दै सार्वभौमसत्तासम्पन्न स्वतन्त्र राष्ट्रका रुपमा स्थापित नेपालले भारतसँगका सबै समस्या वार्ता, संवाद र सहमतिका आधारमा समाधान गर्नुपर्ने मान्यतालाई अङ्गीकार गर्दै तदनुरुप नै हुनुपर्ने अभिमत सार्वजनिकरुपमा प्रकट गर्दै आएको छ ।

कोभिड–१९ तथा अन्य कारणले करीब एक वर्ष टुटेको नेपाल र भारतबीचको औपचारिक कूटनीतिक संवादलाई पाका कूटनीतिक व्यक्तित्व हर्षबर्धन शृङ्गलाको दुईदिने नेपाल भ्रमणले गतिशील तुल्याउने तथा शताब्दीऔं पुरानो द्विपक्षीय सम्बन्धलाई पुरानै लयमा फर्काउने विश्वास गरिएको छ ।

Advertisement

शान्ति, मैत्री, भ्रातृत्व, सहकार्य र साझेदारीमा आधारित नेपाल–भारत सम्बन्धलाई थप सहयोगात्मक बनाउँदै यसलाई दुवै देशका जनताको बृहत्तर हितमा केन्द्रित गर्नुपर्नेमा कूटनीतिक क्षेत्रका जानकारले जोड दिँदै आएका छन् । भारतीय पक्षले पनि पारस्परिक सहयोगलाई अझ सुदृढ तुल्याउँदै भारत–नेपाल सम्बन्ध अझ उन्नत होस् भन्ने चाहना सार्वजनिक रुपमा नै व्यक्त गरेको छ ।

बिहीबार परराष्ट्र सचिव भरतराज पौड्यालसँग एक्लाएक्लै अनि दुवै देशका सचिवबीच हुने प्रतिनिधिमण्डलस्तरीय वार्तामा नेपाल–भारत बहुआयमिक सम्बन्धका समग्र पक्षमा गहन छलफल हुनेछ । राजनीतिक सम्बन्ध, सिमाना र सुरक्षा, आर्थिक सहयोग एवं पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति र शिक्षा, प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदनलगायत विषयमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयका एक अधिकारी बताउँछन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग हुने शिष्टाचार भेटमा विदेश सचिव शृङ्गलाले नेपालको चाहना र यहाँका सरकार प्रमुखको सन्देश भारत सरकारसमक्ष प्रवाह गर्नेछन् भने भारतको सुरक्षा चासोका बारेमा पनि उनले भारतको धारणा प्रकट गरे ।

दुई देशका परराष्ट्रमन्त्रीको सहअध्यक्षतामा हुने नेपाल-भारत संयुक्त आयोगको छैटौँ बैठकमा भागलिन मन्त्री ज्ञवालीलाई आमन्त्रण गर्नु पनि सचिव शृङ्गलाको भ्रमणको अर्को उद्देश्य हो । भारतमा विदेश मन्त्रालयमा कार्यभार सम्हाल्नेबित्तिकै सचिवले छिमेकी मुलुकको परिचयात्मक भ्रमण गर्ने र ती देशको वास्तविक वस्तुस्थिति बुझ्ने प्रचलनकै निरन्तरताका रुपमा पनि यो भ्रमणलाई लिन सकिन्छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको ‘सबैको साथ, सबैको विकास’ नीति र प्रधानमन्त्री ओलीले अघि सार्नुभएको ‘समृद्ध नेपाल, सुुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न भारतलगायत बाह्य विश्वको नैतिक एवं भौतिक सहयोग नेपालका निम्ति अपरिहार्य छ । कोरोनाको महामारीका कारण शिथिल भएको अर्थतन्त्र उकास्न र सहज ढङ्गले स्वास्थ्य सेवा प्रवाहका निम्ति आवश्यक उपकरण एवं सामग्री जुटाउन पनि भारतका विदेश सचिवको भ्रमण सहयोगी हुने मान्न सकिन्छ ।

गोरखा भूकम्पका बेला तत्काल राहत तथा उद्धारमा भारतले निर्वाह गरेको भूमिका, पुनःनिर्माणका परियोजनामा देखाएको तदारुकता, आवास परियोजनाको शीघ्र निर्माण र कार्यान्वयन, पेट्रोलियम पाइपलाइन निर्माण, नेपालको आर्थिक भूपरिदृश्यमा विशाल रुपान्तरण गर्ने ९०० सय मेगावाट क्षमताको ‘गेमचेञ्जर’अरुण तेस्रो जलविद्युत् आयोजनामा भइरहेको प्रगति तथा जनकपुर–जयनगर रेलसेवा सञ्चालनको तयारी, नेपालगञ्जमा एकीकृत जाँचचौकी निर्माणलगायत भारतको सहयोगमा सञ्चालित परियोजनाले पनि दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउने जमर्को गरेको सहजै अनुमान सकिन्छ ।

भारत –नेपाल सम्बन्धमा एउटा नयाँ अध्याय आरम्भ गर्ने अभिभाराका साथ हुन लागेको शृङ्गलाको भ्रमणले भारत–नेपाल सम्बन्धको मर्म बुझेर दुई राष्ट्रबीच फेरि प्रगाढ आत्मीयताको ज्योति छर्ने आशा दुवै देशमा जनताले गरेको इपिजीका भारततर्फका सदस्य प्रा.महेन्द्र पी लामाको सार्वजनिक अभिव्यक्ति सत्य सावित हुने अपेक्षा गरिएको छ ।

–शरच्चन्द्र भण्डारी/रासस

Advertisement

भर्खरको समाचार

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

सम्बन्धित समाचार

Scroll to Top