किसान परिचयपत्रको काम अन्तिम चरणमा : किसानका सम्पूर्ण विवरण सफ्टवेयरमा, अनुदान सहुलियत दिन सहज

९ मंसिर ७७, बुधबार

काठमाडौं: सरकारले सुरु गरेको किसान परिचयपत्र वितरण कार्यक्रम अन्तिम चरणमा पुगेको छ । सरकारले आर्थिक वर्ष ०७१-७२ मा सुरु गरेको ‘किसान परिचयपत्र’ वितरण सफ्टवेयर बनाउन काम सिधिएको र म्यानुअल लेख्ने काम भइरहेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव तेजबहादुर सुवेदीले सातै प्रदेशमा गएर प्रदेशस्तरीय अभिमूखीकरण काम सम्पन्न गरेर पुसको अन्तिम हप्ता वा माघको पहिलो हप्ताभित्रमा किसानको विवरण संकलन गर्ने काम गर्ने गरी कार्र्ययोजनाका साथ काम भईरहेको बताउनुभयो ।

पहिलो चरणमा किसानको विवरण संकलन गरेपछि आउँदो वर्षमा किसानले सरकारबाट पाउने सेवा सुविधा पाउने सहसचिव सुवेदीले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।पहिला सफ्टवेयर बनाउन र फाइनल गर्न समय लागेको बताउँदै उहाँले अब तोकिएको समयमा काम सिध्याउने गरी काम भईरहेको बताउनुभयो ।

Advertisement

कृषि मन्त्रालयका सहसचिव सुवेदी नेतृत्वको टोलीले किसान परिचय पत्रका लागि चण्डेनी मण्डन साना किसान कृषि सहकारी संस्था मण्डनदेउपुर १०, काभ्रेको संयोजनमा किसानको अनलाईन डाटा संकलन केही दिन अघि गरेको थियो । यो नेपालमा नै पहिलो पटक पाइलटिङ गरिएको सहसचिव सुवेदीले बताउनुभयो ।

हाल बनेको सफ्टवेयर कतिको काम गर्छ भनेर काभ्रेमा गएर किसानसँग छलफल गरेको र डाटा संकलनको परीक्षण गरिएको उहाँले बताउनुभयो । अब अनुभव समेटेर मेनुअल लेख्ने काम भइरहेको मन्त्रालयका सहसचिव सुवेदी बताउनुभयो ।

किसान परिचयपत्रको काममा ढिलाई भइरहेको जनगुनासो आइरहेको बेला मन्त्रालयले उक्त कामलाई कार्ययोजनाका साथ तीब्र गतिमा अगाडि बढाएको हो ।

किसानले कति क्षेत्रफलमा कति र कुन खेती गरेका छन् भनेर तथ्याङ्क संकलन हुनेछ । उक्त तथ्याङ्क संकलन पछि किसानका समस्या के कस्ता छन् भन्ने पहिचान गर्न सजिलो हुने बताइएको छ । आउँदो आर्थिक वर्षदेखि कस्तो किसानलाई कुन सुविधा दिने भन्ने किसान परिचयपत्रको आधारमा हुनेछ । परिचयपत्रमार्फत् अनुदान, कृषि उपकरण, रासायनिक मल, बीउलगायत र किसानलाई आवश्यक पर्ने वस्तु सहज रुपमा उपलब्ध हुनेछ ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top