×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

कोरोना नियन्त्रणको नाममा ब्रम्हलुट : एउटा लाइफबोय साबुनको ३ हजार ?

१० मंसिर २०७७

कोरोना नियन्त्रणको नाममा प्रदेश २ का केही स्थानीय तहले ब्रम्हलुट गरिरहेको खुलासा भएको छ । सप्तरीको बोदेबरसाइन र सिरहाको सिरहा नगरकापालिकाले कोरोना संक्रमण नियन्त्रणको नाममा गरेको खर्चमा ब्यापक अनियमितता पाइएको हो ।

बोदेबरसाइन नगरपालिकाले क्वारेन्टिन व्यवस्थापनका नाममा खरिद गरिएको सामग्रीको मूल्य बढाएर खर्च उल्लेख गरेको छ । सार्वजनिक गरेको खर्च विवरण अनुसार लाइफबोय साबुनको प्रतिगोटा मूल्य तीन हजार उल्लेख गरिएको छ ।

Advertisement
Advertisement

गत बुधबार नगरपालिकाले कूल २ करोड २१ लाख रुपैयाँ कोरोना नियन्त्रणमा खर्च भएको विवरण सार्वजनिक गरेको थियो । जसमा एउटा लाइफबोय साबुनको ३ हजार ८ सय ३१ रुपैयाँ खर्च भएको विवरण प्रस्तुत भएको थियो । ९५ पिस लाइफबोय साबुनमा नगरपालिकाले ३ लाख ६३ हजार नौ सय ८५ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ ।

यसको आलोचना भएपछि नगरप्रमुख आतेशकुमार सिंह यादवले ९५ थान नभएर ९५ कार्टुन हुनुपर्नेमा गल्ती भएको प्रष्टिकरण दिएका छन् । यदी उनको कुरा मान्ने हो भने नगरपालिकाले एक थान साबुको २६ रुपैयाँ तिरेको छ । तर, नगरपालिकाले पुनः १० कार्टुन (१४४० थान) साबुन किन्दा चार लाख ३१ जार नौ सय ५५ रुपयाँ भुक्तान गरेको विवरण प्रस्तुत गरेको छ । यस अनुसार नगरपालिकाले एक थान साबुनको २ सय ९९ रुपैयाँ खर्च गरेको छ ।

Advertisement
Advertisement

गोलमाल हिसाब प्रस्तुत गर्ने नगरपालिका अख्तियार दुरुपयोग आयोगको अनुसन्धानमा परेको छ ।, आजको नागरिक दैनिकमा समाचार छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top