चितवनमा गैडा तस्कर कसरी बन्दैछन् गैडाका संरक्षक

१० मंसिर, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले गैडा तस्करको अभियोग लागेर सजाय भुक्तान गरेकाहरुलाई गैडा संरक्षणमा लाग्न प्रेरित गरेको छ ।

निकुञ्जमा गैडा संरक्षणको चुनौति बढीरहेको बेला निकुञ्ज प्रशासनले यस अघि तस्करमा लागेर सजाय भुक्तान गरेका चेपाङ समुदायका केही व्यक्तिहरुलाई गैडा संरक्षणमा प्रेरित गरेको हो ।

एक दशक अघि गैडाको खाग तस्कर गर्नेहरुले निकुञ्ज आसपास बस्ने चेपाङ समुदायका व्यक्तिहरुलाई प्रयोग गरी गैडा मार्न लगाएको र सोही अभियोगमा सजाय भुक्तान पूरा गरेका व्यक्तिहरुलाई अहिले गैडाको संरक्षणका लागि काम गर्न प्रेरित गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।

तत्कालिन समयमा गैडाको चोरी सिकारमा एउटै गाउँका ४० जना सम्म संलग्न भएका थिए । चेपाङ समुदायका तिनै व्यक्तिहरुलाई अहिले गैडा संरक्षणमा जुटन निकुञ्जले प्रेरित गरेको हो ।

निकुञ्जका प्रमख संरक्षण अधिकृत बरालले निकुञ्ज सम्बन्धी ऐनले निकुञ्जमा तस्करी गर्नेहरुलाई १० लाख रुपैयाँ सम्म जरिवाना र १५ वर्ष सम्म कैदको सजाय गरेकाले पनि तस्करीको काममा नलाग्न आग्रह गरे ।

तस्करमा संलग्न भएका व्यक्ति तथा उनीहरुका आफन्तहरुले भने चेपाङ समुदायका लागि आयआर्जनका कार्यक्रम सञ्चालन गरे तस्करी कम हुने बताएका छन् ।

विगतमा अशिक्षाका कारण तस्करीमा प्रयोग भएको उनीहरुले बताए । त्यसैले चेतना मुलक कार्यक्रम गर्दै आयआर्जनमा प्रेरित गर्न सके तस्करी कम हुने उनीहरुको भनाई छ ।

आर्थिक रुपमा असुरक्षित भएमा गैंडाको संरक्षण गर्न सम्भव नभएको पनि चेपाङ समुदायका युवाहरुले बताएका छन् । आर्थिक, सामाजिक क्षेत्रमा अब्बल हुनेतर्फ आफुहरुलाई प्रेरित गर्न निकुञ्ज प्रशासन समक्ष उनीहरुले माग गरेका छन् ।

चितवन रास्ट्रिय निकुञ्जमा लगातार तीन वर्ष शुन्य चोरी सिकार वर्ष मनाइएको थियो । तर यो चालू अर्थिक वर्षमा खाग चोरी नभए पनि तस्करले चार वटा गैंडा मारिसकेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा एकै वर्ष ३८ वटा गैंडा मारेर तस्करी भएको इतिहास समेत छ । तस्करीमा लागेका कतिपय चेपाङहरु अहिले कैद भुक्तान गरेर घर फर्किएका छन् भने कतिपय सजाय भुक्तान गरिरहेका छन् ।

कैद भुक्तान गरेर फर्किएका केही व्यक्तिहरु फेरी तस्करमा संलग्न हुन थालेपछि निकुञ्जले गैंडा संरक्षणमा चेपाङ समुदायलाई प्रेरित गरेको हो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top