आजका प्रमुख खबरहरुः
१.(अशान्त बर्दिबास)
प्रहरीको गोली लागी घाइते भएका बुद्धिराज न्यौपानेको मृत्यु भएपछि महोत्तरीको बर्दिवासवासी फेरि आन्दोलित /बुधबार बिहान ९ बजेदेखि भोलि बिहानसम्मका लागि निषेधाज्ञा जारी /निषेधाज्ञाकाबीच पनि टायर बालेर प्रदर्शन ।
२.(मन्त्रीका नजर)
महोत्तरीको बर्दिबासको विरोध प्रदर्शनमा प्रहरीले धैर्यता गुमाएको प्रदेश २ का कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवको भनाई /बालिका हत्याको घटनामा पीडित पक्षले न्याय पाउनुपर्ने भन्दै घटनाको सम्बन्धमा प्रदेश सरकार गम्भीर रहेको दाबी ।
३.(मानवअधिकारको अनुशन्धान)
महोत्तरीको बर्दिवासमा बालिका ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्यापछि उत्पन्न परिस्थितिबारे मानव अधिकार आयोगले थाल्यो अनुसन्धान/घटनामा संलग्नलाई कानून बमोजिम कारवाही गर्न, कानून हातमा लिन खोज्नेलाई कानूनी प्रक्रियाबाटै नियन्त्रणमा लिन आग्रह ।
४.(कांग्रेसको राजनीति)
लुम्बिनी प्रदेशको राजधानी मन्त्रीपदसँग साटेको भन्दै अर्थमन्त्री विष्णु पौडेललाई गृह जिल्ला रुपन्देहीमा कांग्रेस कार्यकर्ताले देखाए कालोझण्डा /अर्थमन्त्रीलाई कालोझण्डा देखाइएकोमा नेकपा रुपन्देहीको आपत्ति ।
५.(पर्यटक बढाउने मेसो)
पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकहरुका लागि सरकारले भिसा सम्बन्धि नियम खुकुलो बनाउने /आर्थिक समृद्धिका लागि बढी भन्दा बढी पर्यटक भित्र्याउन यसले सहयोग गर्ने गृहमन्त्री रामबहादुर थापाको भनाई ।
६.(मृत्यु घटाउ !)
नेपालमा २४ घण्टामा थप २८ सहित हालसम्म १३ सय ८९ संक्रमितको मृत्यु /आज १९ सय ४८ संक्रमित थपिँदा एकैदिन डिस्चार्ज भए ३१ सय ४० जना /सक्रिय संक्रमितको संख्या भने दिनदिनै घट्दै ।
७.(हजको अनियमितता)
हज समितिका अध्यक्ष समशेर मियाँले आर्थिक अनियमितता गरेको भन्दै सदस्यहरुद्वारा गृह मन्त्रालयमा उजुरी /हाजीहरुको व्यवस्थापनमा करिब ३ करोड रुपैयाँ हिनामिना गरिएको आरोप/अध्यक्ष मियाँलाई कारबाहीका लागि सहयोग गर्न मुस्लिम आयोगको पनि ध्यानाकर्षण /
८.(उखु भित्रको पीडा)
अन्नपूर्ण चिनी मिलले अहिलेसम्म पनि किसानलाई भुक्तानी दिएन /राष्ट्र प्रमुख र सरकारका मन्त्रीलाईसमेत पटकपटक गुहार्दा पनि उखुको भुक्तानी नहुँदा उखु उत्पादक किसान निराश ।
९.(कलेज प्रमुख फन्दामा)
नेपाल इन्जिनियरिङ कलेज, चाँगुनारायणका पूर्वकार्यकारी अध्यक्ष लम्बोदरकुमार न्यौपाने प्रहरी नियन्त्रणमा/तत्कालीन अख्तियारका आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घुस दिएको प्रकरणमा मुछिएका न्यौपाने ठगी मुद्दामा पक्राउ ।
१०.(अपराध कहाँ लुक्छ र ? )
गत असोज २९ गते काठमाडौंको बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्ड रुद्रबहादुर मगरमाथि खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ /खुकुरी प्रहार गरेको अभियोगमा काठमाडौंको थापागाउँ बस्ने शशी थापा प्रहरी नियन्त्रणमा ।
११.(तस्कर नै संरक्षक)
गैडा तस्करको अभियोग लागेर सजाय भुक्तान गरेका चेपाङ समुदायका केही व्यक्तिहरुलाई चितवन राष्ट्रिय निकुञ्जद्धारा गैडा संरक्षणमा लाग्न प्रेरित गर्दै /आर्थिक, सामाजिक क्षेत्रमा अब्बल हुनेतर्फ आफुहरुलाई प्रेरित गर्न निकुञ्ज प्रशासन समक्ष चेपाङ समुदायको माग ।
१२.(भ्रष्ट हामी !)
ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार १७ देशमाथि गरिएको सर्वेक्षणमा नेपाल भ्रष्टाचारमा अग्रपंक्तिमा /पछिल्लो वर्षमा सार्वजनिक सेवा लिएकामध्ये १२ प्रतिशतले सेवा लिँदा घूस दिएको उल्लेख ।
१३.(म्यानपावरको बदमासी)
विनाअनुमति अन्तर्वार्ताको प्रक्रिया अघि बढाएपछि वैदेशिक रोजगार विभागद्वारा तीन म्यानपावर एसओएस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनलको कारोबार रोक्का/कतार पुलिसको भर्नामा आफूहरुको कुनै संलग्नता नरहेको कतार राजदूतावासको प्रस्टोक्ति ।
१४.(शेयरमा उल्लास)
शेयर बजारमा परिसूचक नेप्से झण्डै ६५ अंकले बढ्यो /दिनभर १ सय ९६ कम्पनीको ५ अर्ब १३ करोड बढिको शेयर खरिद विक्री/शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेपछि लगानीकर्ता उत्साहित ।
र,
१५.(कोरोनाको संत्रास)
विश्वमा हालसम्म कोरोना संक्रमणबाट १४ लाख १७ हजार बढीको मृत्यु/संक्रमित हुनेहरुको संख्या ६ करोड नाघ्यो/निको हुने संक्रमितको संख्या ४ करोड १६ लाख बढी पुग्यो ।