परराष्ट्र मन्त्री ज्ञवालीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

११ मंसिर, काठमाडौं ।
भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलाले परराष्ट्र मन्त्रीसँग शिष्टाचार भेट गरेका छन्।

Advertisement

मन्त्री ज्ञवालीलाई भेट्न श्रृङ्गला सिंहदरवार स्थित परराष्ट्र मन्त्रालय पुगेका हुन्। भेटमा दुई देशबीचको सम्बन्धको विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यसैबीच भेट पछि विदेश सचिव श्रृङ्गलाले भारत सरकारका तर्फबाट नेपालालई सहयोग प्रदान गरेको स्वास्थ्य सहायता हस्तान्तरण गरेका छन्।

Advertisement

परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा बिहीवार नै नेपाल आइपुगेका श्रृङ्गलाले समकक्षी पौड्यालसँग छुट्टै भेट गरेका थिए। साथै दुई देशबीच परराष्ट्र सचिव स्तरीय छलफल भएको थियो।

सो छलफलमा दुई देशबिच साझेदारीका विविध पक्षमा छलफल भएको मन्त्रालयले जनाएको छ। बिहीवार भएको द्विपक्षीय भेट उपलब्धिमुलक रहेको काठमाडौं स्थित भारतीय दूतावासले जनाएको छ।

Advertisement

छलफलका क्रममा द्विपक्षीय सहयोगको समिक्षा गर्नुका साथै आपसी हितका मुद्दाहरुमा छलफल भएको जनाएको छ।

त्यस्तै द्विपक्षीय पहल र परियोजनाहरुमा भएको प्रगतिका विषयमा छलफल गर्दै आफसी सहकार्यलाई अगाडि बढाउन थप कदमहरु चाल्ने सहमति भएको दूतावासले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top