नेपाली भूभाग डुबाउने गरि भारतले कोशीको पानी चलाउने

११ मंसिर, विराटनगर । भारतले नेपालको पानीमा फेरि पनि आँखा लगाएको छ ।

Advertisement

नेपालतर्फ उच्च बाँध निर्माण गरेर पूर्वी कोशी नहरबाटै मेचीसम्म पानी लैजाने योजना भारतले बनाएको हो । जसको परिणाम नेपाली भूभाग डुब्नेछन् । नेपाली भूभाग डुबाउने गरि भारतको केन्द्रीय जलशक्ति मन्त्रालयअन्तर्गत जलस्रोत विभाग, नदी विकास, गंगा कायाकल्प (रिजुभेनेसन) सम्मिलित ‘इन्भेष्टमेन्ट क्लियरेन्स कमिटी’ को १४ औं बैठकले गत अक्टोबर १० तारिखमा यस योजनालाई स्वीकृत गरेको हो । योजनाको नाम कोशी–मेची रिभर लिंकिङ परियोजना राखिएको छ जसको लागत अनुमान ४९ अर्ब भारतीय रुपैयाँ छ । जुन रकम खर्चन भारत तयार भएको छ । जलशक्ति मन्त्रालयले मातहतका निकायलाई कमिटीको उक्त निर्णय कार्यान्वयन गर्न मंगलबार परिपत्र गरेको छ । परिपत्रअनुसार कोशी बाँधको क्षमता बढाएर वर्षाको पानी कोशीमा जम्मा गरि पानीलाई हाल सञ्चालनमा रहेको पूर्वी कोशी नहरमा राखेर भारतले थप ४१.३० किलोमिटर नहर विस्तार गरी मेची नदीमा पुर्याउने छ । जूनदेखि अक्टोबरसम्म वर्षाको बाढी जम्मा पारी महानन्दा नदीमा मिसिने मेची नदीमा पानी खसाउँदा बिहारको अररिया, पूर्णिया, किसानगञ्ज र कटिहारमा सिंचाइ सुविधा पुग्नेछ तर कोशीमा बनेको उच्च बाँधले नेपालको भूभाग भने डुबान हुने सम्भावनालाई भारतले बेवास्ता गरेको छ । कोशीमा आएको बाढीका कारण भारतका भूभाग वर्षेनी डुबानमा पर्ने भएकाले पनि यस्तो योजना ल्याइएको परिपत्रमा उल्लेख गरिएको छ । वर्षाको समयमा कोशीको ब्यारेजका सबै ढोका समयमा नखोल्दा नेपाली भूभाग डुबानमा पर्ने गरेको हालको अवस्था छ तर यसरी बाँध उच्च बनाइ वर्षाको पानी हिउँदमा लैजाने गरि भारतले गरेको निर्णय कार्यान्वयनमा आए त्यसले पुर्याउने क्षति कति होला ? नेपालका पानीमा भारतको गिद्धे नजर कहिले सम्म ?

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top