×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

शेयर बजारमा आज तोडियो सबै रेकर्ड

११ मंसिर २०७७

११ मंसिर, काठमाडाैँ ।

बिहीबार शेयर बजारले ऐतिहासिक कीर्तिमान कायम गरेको छ । साताको पाँचौ दिनको कारोबारमा नेप्से परिसूचक र खरिदविक्री रकम दुबैले अहिलेसम्मको अधिकतम सीमामा नयाँ रेकर्ड कायम बनाएका छन् ।

Advertisement
Advertisement

बिहीबार नेप्सेले यस अघिको उच्चतम विन्दु १ हजार ८ सय ८१ को विन्दुलाई क्रस गरी १ हजार ८ सय ९३ दशमलव २४ विन्दुमा पुगेर बन्द भएको छ । आज उतारचढाव बीच कारोबार बन्द हुँदा नेप्से १८ दशमलव ४३ अंकले बढेको छ । बिहीबार उचारचढाव भइरहदा नेप्से अधिकतम १ हजार ९ सय २७ विन्दु सम्म पुगेको थियो । सेन्सेटीभ परिसूचक पनि २ दशमलव ८५ अंकले बढेर ३ सय ६५ दशमलव १८ अंकमा बन्द भएको छ ।

कारोबार रकमले पनि अहिले सम्मकै नयाँ किर्तिमान कायम गरेको छ । दिनभर २ सय १ कम्पनीको ७ अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ रुपैयाँको १ करोड ७१ लख ८८ हजार ९९ कित्ता शेयर खरिद विक्री भएको छ । अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकोले लगानीकर्ताले लगानी बढाउँदै गएका छन् । त्यसैले बजारमा शेयरको माग बढेको छ भने परिसूचक र कारोबार रकमले नयाँ उचाई चुम्दै गएका छन् ।

बैंक तथा वित्तीय संस्थामा ब्याजदर घट्नु, कम्पनीहरुको पहिलो त्रैमासको वित्तीय विवरण राम्रो निस्कनु र कम्पनीहरुले लाभांश घोषणा गर्ने क्रम बढ्नुले लगानीकर्ताको मनोबल उच्च भएको देखिन्छ । त्यसैले पनि बजारमा परिसूचकहरुले नयाँ रेकर्ड बनाउँदै जाने विश्वास गरिएको छ । बिहीबारको बजारमा तिब्र उतारचढाव हुँदा केही समूहमा मात्रै वृद्धि देखिएको छ । बैंकिङ समूह २ दशमलव ७ प्रतिशत, जलविद्युत समूह शुन्य दशमलव ४६ प्रतिशत, अन्य समूह १ दशमलव २ प्रतिशत र म्युचुअल फण्ड समूह शुन्य दशमलव ६२ प्रतिशतले बढेको छ । बाँकी सबै समूह घटेका छन् ।

व्यापार समूह ५ दशमलव ३३ प्रतिशत, होटल समूह २ दशमलव १ प्रतिशत, विकास बैंक समूह शुन्य दशमलव ३९ प्रतिशत, वित्त समूह शुन्य दशमलव ६५ प्रतिशत, निर्जीवन बीमा समूह १ दशमलव ६७ प्रतिशत, लघुवित्त समूह शुन्य दशमलव ५८ प्रतिशत र जीवन बीमा समूह १ दशमलव २१ प्रतिशतले घटेका छन् । विहीबार सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । यो कम्पनीको ५८ करोड १३ लाख १७ हजार १ सय ७८ रुपैयाँको कारोबार भएकोछ । यस्तै नबिल बैंकको ३८ करोड ३४ लाख ४१ हजार रुपैयाँ बढीको कारोबार भएकोछ । २० करोड भन्दा माथि कारोबार हुने कम्पनीहरुमा शिवम सिमेन्ट, नेपाल दुरसञ्चार कम्पनी, नेपाल बैंक, प्रभु बैंक, हिमालयन डिस्टिलरी, र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ ।

Advertisement

बजारमा सबैभन्दा धेरै एनएमबि माइक्रोफाइनान्सका शेयरधनीले १० प्रतिशतले कमाएका छन् । ९ प्रतिशत भन्दा धेरै कमाउनेमा पाचथर पावर कम्पनी, हिमायल उर्जा विकास कम्पनी, आखुखोला जलविद्युत कम्पनी लगायतका कम्पनीका शेयरधनी रहेका छन् । बजारमा तिब्र उतारचढाव हुँदा सबैभन्दा धेरै गुमाउनेमा साल्ट ट्रेडिङ कर्पोरेशनका शेयरधनीले गुमाएका छन् । यो कम्पनीको शेयर मूल्य विहीबार ६ दशमलव १८ प्रतिशतले गुमाएका छन् ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top