×

NEPAL TIMES UPDATES

Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026
Playing
World News: इरानी वार्ताकार पाकिस्तान उडे,‘च्याटजीपिटी’बाट इरानको प्रस्ताव, रणनीतिक जालमा फसे ट्रम्प
Apr 09, 2026
Playing
रविको सिफारिसपछि श्रममन्त्रीलाई प्रधानमन्त्री बालेनले गरे बर्खास्त || Nepal Times
Apr 09, 2026
Playing
छु*रा प्र*हारबाट पाटनमा अस्ताए नेम्बाङ दाजुभाइ, आमा भेट्ने सपना अधुरै|| Nepal Times
Apr 09, 2026
Playing
श्रममन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन रविको पत्र
Apr 09, 2026
Playing
परराष्ट्रमन्त्रीको ५दिने यात्राः जयशंकरसंगै अन्य समकक्षीहरुसंग ’साइडलाइन’ || Nepal Times
Apr 09, 2026
Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026

मिलापत्रमै टुंग्याइन्छ बलात्कारका घटना

१२ मंसिर २०७७

धनगढी/बैतडी : बझाङ मस्टा गाउँपालिका–२ की १४ वर्षीया बालिकालाई घट्टमा गएका बेला साउन २९ गते साँझ १८ वर्षीय राजेन्द बोहराले बलात्कार गरे । गर्भ रहे स्विकार्ने सर्तमा गाउँमै उक्त घटनामा मिलापत्र गराइयो । बलात्कार गरेबापत ५ सयको नोट जरिवानास्वरूप ती बालिकाको खुट्टामा राखेर बोहराले ढोगे ।

मिलापत्र भएको डेढ साता नबित्दै बोहराले १२ वर्षीया सम्झना कामीलाई बलात्कार गरे । उनले बलात्कारपछि ती बालिकाको हत्यासमेत गरे । बलात्कार र हत्या आरोपमा उनी पक्राउ परे । त्यसपछि मात्र पहिले गाउँमै मिलापत्रमा टुंग्याइएको बलात्कार घटनाकी पीडित बालिकाका आफन्त न्यायका लागि प्रहरीसमक्ष पुगे ।

Advertisement

बैतडीको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बिहे गरेको ६ महिनामै सुत्केरी भइन् । ६ महिनामै बच्चा जन्माएपछि उनका आफन्तले केरकार गरे । आफन्तको चर्को दबाबपछि मात्र किशोरीले बलात्कृत भएका कारण गर्भ बसेको बताइन् । उनलाई पढाउने शिक्षकलगायत पाँचजनाले बलात्कार गरेको घटना सार्वजनिक भयो । घटना सुरुमा गाउँमै मिलाउन खोजियो तर दबाब बढेदै गएपछि प्रहरीले आरोपित पाँचैजनालाई पक्राउ ग(यो । सिगास गाउँपालिकाकै १८ वर्षीया अर्की किशोरी बलात्कृत भएको घटना ६ महिनापछि सार्वजनिक भएको छ । पीडितलाई एकतोला सुन दिने कागज बनाएर घटना गाउँमै सामसुम पार्न खोजिएको थियो । असार दोस्रो साता पानी भर्न जाँदा दीपकसिंह धामीबाट बलाकृत किशोरीलाई कात्तिक मसान्तभित्र एकतोला सुन दिने सर्तमा मिलापत्र गरिएको घटना अहिले आएर सार्वजनिक भएको हो ।

मिलापत्र गरिए पनि पीडितले पटकपटक धम्की र सुन नदिएपछि घटना बाहिरिएको हो । यो विषय बाहिर आएपछि प्रहरीले घटनामा संलग्नलाई कारबाहीको तयारी गरेको छ ।

बैतडी पञ्चेश्वर गाउँपालिका–४ का ४५ वर्षीय पुरुषले आफ्नै १० वर्षीया छोरीलाई दुई वर्षदेखि बलात्कार गर्दै आएको घटना गत असारमा बाहिर आएको छ । आमा अर्कै लोग्नेसँग गएपछि बाबुले पटकपटक छोरीलाई बलात्कार गरेको अनुसन्धानबाट खुल्न आएको छ । बाहिर कसैलाई भने मार्ने धम्की बाबुले दिएकाले ती बालिकाले लामो समयदेखि पीडा सहदै आएकी थिइन् । ती बालिकाले पीडा सहन नसकेर गत असारमा घटना सार्वजनिक गरेपछि प्रहरीले उनका बाबुलाई पक्राउ ग(यो । अहिले उनी पुर्पक्ष थुनामा छन् ।

Advertisement

यी त सार्वजनिक भएका बलात्कारका केही प्रतिनिधि घटना हुन् । सुदूरपश्चिमका दूरदराजका गाउँमा बलात्कारजस्तो जघन्य अपराधमा मिलापत्र गराइन्छ । प्रहरीले पनि सुदूरपश्चिमका दूरदराजमा बलात्कारका घटनामा मिलापत्र गराइने गरेको पाइएको जनाएको छ । धेरैजसो यस्ता घटना प्रहरीकहाँ पुग्दैनन् र पुग्न चाहनेलाई पनि तगारो हालिन्छ ।, यो समाचार आजको नागरिक दैनिकमा दिलबहादुर छत्याल र बिरा गडालले लेखेका छन् ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top