×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपालले पायो विश्व स्वास्थ्य संगठनबाट खस्रे रोग  निर्मूलनको प्रमाणपत्र

७ जेष्ठ २०७५

काठमाडौँ, ७ जेठ ः नेपालले आँखामा लाग्ने खस्रे रोग (ट्रकोमा) निर्मूलनमा सफलता हासिल गरेपछि विश्व स्वास्थ्य संगठनबाट निर्मूलनको प्रमाणपत्र पाएको छ । 

स्विटजरल्याण्डको जेनेभास्थित प्रधान कार्यालयमा चलिरहेको ७१औँ महासभामा यही जेठ ६ गते स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललाई रोग निर्मूलनको प्रमाणपत्र प्रदान गरिएको हो ।

Advertisement
Advertisement

राज्यमन्त्रीका स्वकीय सचिव राजेश शर्माले दिएको जानकारीअनुसार विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानम देभ्रेयुसले राज्यमन्त्री अर्याललाई उक्त प्रमाणपत्र प्रदान गरेका हुन् ।

महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जेनेभा पुगेकी राज्यमन्त्री पद्मा अर्याल र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानम देभ्रेयुस विगतमा नेपालमा भएका स्वास्थ्यसँग सम्बन्धित सफल अभ्यास, उपलब्धि र योजनाहरुका विषयमा छलफलसमेत भएको शर्माले बताए ।

नेपाल संघीयता कार्यान्वयनको विशिष्टीकृत अवस्थामा रहेको हुँदा संगठनले स्वास्थ्यको नीति र पद्धति विकासमा विशेष प्राविधिक सहयोग गर्न, नेपाली विज्ञको अर्थपूर्ण सहभागितामा संगठनका नीति, योजना र कार्यक्रमहरु निर्माणका लागि पनि राज्यमन्त्री अर्यालले आग्रह गरेकेा बताइएकेा छ।

भेटमा महानिर्देशक डा टेड्रोस अधानम देभ्रेयुसले नेपालले ट्रकोमा उन्मूलनमा प्रगति गरेको जस्तै कालाज्वरमा पनि प्रगति गरिरहेको कुरा सुन्दा आफूलाई खुशी लागेको बताएको शर्माले जानकारी दिए ।
रासस

Advertisement

 

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top