×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गुण्डाराजको अन्त्य गर्दै जनताको राज स्थापना हुन्छ ः गृहमन्त्री थापा

७ जेष्ठ २०७५

भक्तपुर, ७ जेठ ः गृहमन्त्री रामबहादुर थापाले अब देशभर गुण्डाराजको अन्त्य गरी जनताको राज स्थापना हुने बताएका छन् ।

भक्तपुरमा आज आयोजना गरिएको शहीद तथा बेपत्ता परिवार सम्मान एवम् अभिनन्दन कार्यक्रममा बोल्दै उनले देशभर देखिएको गुण्डाराज, अपराध, तस्करी, महिला हिंसा, भष्ट्राचार अन्त्य गर्न सरकार सक्रिय रहेको बताए । अब गुण्डाराजको अन्त्य गर्दै जनताको राज स्थापना हुने उनको भनाइ थियो ।

Advertisement
Advertisement

देशमा रहेको सबै प्रकारको सिण्डिकेटको अन्त्य गर्ने बताउँदै मन्त्री थापाले यस्तो प्रवृत्तिको अन्त्य गर्दै यो सरकार विकास र समृद्धिको बाटोमा अगाडि बढिरहेको बताए । मुलुक भ्रष्टाचार र तस्करीको कारण मुलुकको विकास अवरुद्ध भएको बताउँदै सरकार भ्रष्टाचार र तस्करीको अन्त्य गर्ने उनको भनाइ थियो ।

उनले जनयुद्धका शहीद तथा बेपत्ताका परिवारलाई उचित सम्मान र सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै गृहमन्त्री थापाले अहिलेको समाजवाद उन्मुख संघीय सरकार निर्माणमा शहीद र बेपत्ता योद्धाहरुको बलिदानबाट नै आजको उपलब्धि हासिल भएको दाबी गरे ।

बेपत्ता नागरिक र शहीदले देखेको सपना अझै पूरा नभएकाले भन्दै शहीद र बेपत्ता परिवारको सपना साकार पार्न वर्तमान सरकार प्रतिबद्ध रहेको चर्चा गरे । भक्तपुरमा प्राकृतिक स्रोतको दुरुपयोग गरी भूमि दोहन मौलाएको भन्दै अवैध बालुवा उत्खननलाई रोक्न उनले भक्तपुरको प्रहरी प्रशासनलाई निर्देशन दिए ।

जिल्लामा हप्ता असुली गर्दै आएका सबै गुण्डाहरुलाई समेत कारबाही गर्न गृहमन्त्री थापाले प्रशासनलाई निर्देशन दिए।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता दिलकृष्ण प्रजापति, देवेन्द्र श्रेष्ठ, जिल्ला संयोजक डिपी ढकाललगायतले वर्तमान सरकारले परिवार र शहीद परिवारका सम्मान गर्दै मुलुकलाई समृद्धितर्फ लानुपर्नेमा जोड दिए ।
रासस

Advertisement

 

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top