×

NEPAL TIMES UPDATES

Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026

नेपालमा सक्रिय सक्रमितको संख्या घट्दै, जोखिम भने टरेको छैन

१४ मंसिर २०७७

काठमाडौं: विगत १० दिनको अवधिमा नेपालका सातओटा प्रदेशमा सकृय संक्रमितको सख्या घटेको छ । सातओटा प्रदेशमा सकृय संक्रमितको सख्या ५० प्रतिशतभन्दा धेरैले घटेको हो ।

मंसिर २ गते प्रदेश नंम्बर १ मा सकृय संक्रमितको सख्या तीन हजार ४८१ जना रहेकोमा मंसिर ११ गते त्यो संख्या घटेर एक हजार ६६२ जनामा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

Advertisement
Advertisement

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले यसअघि नै मंसिर लागेसँगै कोरोना संक्रमणको दर कम हुने बताउनुभएको थियो । १० दिनमा कोरोना संक्रमणको दर हेर्ने हो भने प्रदेश १ मा ५० प्रतिशतभन्दा धेरैले कमी आएको छ । प्रदेश नं १ मा मंसिर २ गते झापामा सकृय संक्रमित ७९५ जना रहेकोमा त्यो घटेर ५६६ जनामा आएको छ । मोरङमा एक हजार २९३ जना सृकय संक्रमितको सख्या घटेर ४३४ मा झरेको छ । यो जिल्ला कुनै समय कोरोनाको हटस्टपको रुपमा देखिएको थियो । त्यस्तै ९२३ जना सकृय संक्रमित रहेको सुनसरीमा १० दिनको बिचमा संख्या घटेर ३४० जनामा आएको छ ।

प्रदेश नं २ ले कोरोना संक्रमणलाई नियन्त्रण लिने प्रयासमा छ । कुनै समय नेपालकै सबैभन्दा धेरै सकृमित रहेको प्रदेशको यो प्रदेशमा मंसिर २ गते ७१९ सकृय संक्रमित रहेकोमा मंसिर ११ आइपुग्दा ३४३ जनामा झरेको छ । यो निक्कै राम्रो सन्देश रहेको सहप्रवक्ता डा. अधिकारीले बताउनुभयो ।

कोरोनाको हटस्पट बन्दै ठूलो समस्याको रुपमा देखिएको बागमती प्रदेशले पनि संकृय संक्रमितको संख्या घटाएको छ । मंसिर २ गतेसम्म यो प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, चितवनमा सकृय संक्रमितको संख्या पाँच सयभन्दा माथि रहेकोमा मंसिर ११ गते संख्यामा कमी आएको छ ।

मंसिर २ र ११ गतेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयको तंथ्याङ्गलाई विश्लेषण गर्दा यो प्रदेशमा आठ हजार १५८ जना संक्रमित निको भएका छन् । यो प्रदेशको काठमाडौं,भक्तपुर र ललितपुरमा मात्रै सकृय संक्रमितको संख्या पाँच सयभन्दा धेरै छ ।

कुनै समय गण्डकी प्रदेशका केही जिल्ला बाहेक धेरै जिल्लामा संकृय संक्रमितहरुको संख्या ह्वात्तै बढेको थियो । तर मंसिर २ गते र मंसिर ११ गतेको बिचमा यो प्रदेशमा एक हजार ३९९ संक्रमितले कोरोनालाई परास्त गरेका छन् । यो प्रदेशमा मंसिर २ गते सकृय संक्रमितको सख्या तीन हजार २३ रहेकोमा अहिले त्यो संख्या घटेर एक हजार ६२४ जना सकृय संक्रमित छन् । यो प्रदेशमा कास्कीका मात्रै पाँच सयभन्दा धेरै सकृय संक्रमित छन् ।

मंसिर २ गते प्रदेश नं ५ का दाङ, पाल्पा र रुपन्देहीमा सकृय संक्रमितको सख्या पाँचसयभन्दा धेरै थियो । तिहारपछि एक्कासि सबै जिल्लाहरुमा संक्रमणको दर घटेको हो । यो प्रदेशका कुनै पनि जिल्लामा सकृय संक्रमितको संख्या पाँच सयभन्दा कम छ । यो प्रदेशमा दश दिनअघि सकृय सक्रमितहरु तीन हजार ३७९ रहेकोमा त्यो संख्या घटेर एक हजार ६०७ रहेको हो ।

कर्णाली प्रदेशले कोरोना परास्त गर्ने क्रममा छ । दश दिनअघि तीन अंकमा रहेको कोरोना संक्रमणको दर अहिले घटेर दुई अंकमा झरेको छ । दशदिनअघि २२० सकृय संक्रमित रहेको यो प्रदेशमा कुल संक्रमितको संख्या ८० मा झरेको हो ।

सुदुरपश्चिम प्रदेशले पनि सकृय संक्रमितको संख्यामा निक्कै सुधार गरेको छ । मंसिर २ गते एक हजार ४९ सकृय संक्रमित देखिएको यो प्रदेशमा मंसिर ११ गते सकृय संक्रमितको संख्या ५१० जनामा झरेको छ ।

मंसिर २ गते सकृय संक्रमितको संख्या ३० हजार ९८६ रहेकोमा मंसिर ११ गते त्यो सख्या १६ हजार ७९३ मा झरेको छ । मृत्यु हुने संख्यामा भने बृद्धि भएको छ । मंसिर २ गते एक हजार २४७ जनाको मृत्यु भएकोमा मंसिर ११ गते त्यो संख्या घटेर एक हजार ४१२ जना पुगेको छ ।

Advertisement
Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता अधिकारीले देशव्यापि रुपमा संक्रमितको संख्यामा कमी आएको जस्तो ट्रेन देखिए पनि अहिले नै यसबारे बोल्न हतार गर्न नहुने बताउनुभयो ।, याे समाचार गाेरखापत्र दैनिकमा केशवराज पौडेलले लेखेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top