×

NEPAL TIMES UPDATES

Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026

७३ वर्षमा माया भइन् ‘नागरिक’,नागरिकता नुहँदा बनेन भूकम्पले भत्किएको घर

१४ मंसिर २०७७

दमौली : देवघाट ३ नाल्बुङ निवासी माया गुरुङ ७३ वर्षकी भइन्। गाउँमै हुर्कि बढी वृद्धावस्थामा ढल्कन थालेकी उनी नेपाली हुन् भन्नेमा कुनै शंका छैन। तर राज्यको नजरमा भने उनी यत्तिका उमेरम्म पनि अनागरिक नै थिइन्।

उनले अहिलेसम्म नागरिकता पाएकी थिइनन्। बिहे पनि नगरेकी र परिवारका कोही पनि सदस्य नभएकी उनी मामाघरको खाली झुप्रोमा बस्दै आएकी थिइन्। तर २०७२ सालको भूकम्पले उनको त्यो आश्रय पनि भत्कियो ।

Advertisement
Advertisement

प्राविधिकहरुले उनको घर पूर्ण क्षतिग्रस्त भनेर लाभग्राहीको सूचीमा त पारिदिए तर नागरिकता नै नभएकाले उनी त्यो सुविधाबाट बञ्चित भइन्। मंसीर मसान्तसम्म सम्झौता नभएमा सूचीमा परेकाले घर बनाउने पैसा नपाउने सरकारले भनेको छ। तर मायाको नागरिकता नै थिएन।

झुप्रोमा एक्लो बास
आफन्तको घर भत्केपछि टिनले ढाकेको झुप्रोमा एक्लो जीवन बिताउँदै आएकी उनको अवस्थबारे स्थानीय युवाले खबर दिए पछि प्रशासनले घरमै गएर नागरिकता प्रदान गरेको छ। प्रमुख जिल्ला अधिकारी सागर आचार्यले आफूले साता अघि वृद्धाको अवस्था थाहा पाए पछि घरमै गएर नागरिकता दिएको बताए।

‘नागरिकता नभएकैले भत्ता र घर बनाउने पैसा पनि पाउन नसकेको सुने पछि घरमै गएर नागरिकता दियौं,’ उनले भने। अब उनले सामाजिक सुरक्षा भत्ता पाउने बाटो पनि खुलेको छ। स्थानीय युवा गंगासिं विकले वृद्धाको अवस्थाबारे जानकारी गराए पछि नागरिकता दिलाउन पहल थालेको तनहुँ क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार श्रेष्ठका सचिवालय संयोजक अनिल पाण्डेले बताए।

‘कोही पनि आफ्ना नभएको, कतै जान पनि नसक्ने र नागरिकता नै नभएकाले घर बनाउन पनि नपाएको सुने पछि त्यहीं नागरिकता र घर बनाउनका लागि सम्झौता गराउन पहल गरेका थियौं,’ उनले भने।

प्रजिअ आचार्यले वृद्धा आउन नसक्ने भए पछि आवश्यक सबै प्रक्रिया उनकै घरमा पुरा गरेर नागरिकता दिएको बताए। नेपाली भाषा पनि राम्रोसँग नबोल्ने मायाले नागरिकता लिए पछि केही नबोले पनि अनुहारमा खुशी भने व्यक्त गरेकी थिइन्।

‘उहाँको अनुहारमा खुशी देख्न पाउँदा मलाई सन्तुष्टि मिल्यो,’ प्रजिअ आचार्यले भने। आफन्त कोही नभएको र उनी एक्लैले नसक्ने भएकाले वृद्धाको संरक्षण र क्षतिग्रस्त भवन बनाउनका लागि युवा विककै नेतृत्वमा संरक्षण समिति गठन गरिएको छ।

Advertisement
Advertisement

समितिमार्फत नै पुननिर्माण प्राधिकरणले दिने तीन लाख रुपैयाँबाट अब उनको घर निर्माण र सामाजिक सुरक्षा भत्ता रकममार्फत उनका आवश्यकता पुरा गराउन पहल गरिने पाण्डेले बताए।, याे समाचार अन्नपूर्ण पाेस्टमा छापिएकाे छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top