दोस्रो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाले दियो भारतलाई ३९० रनको लक्ष्य

दोस्रो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाले दियो भारतलाई ३९० रनको लक्ष्य

१४ मंसिर, एजेन्सी । दोस्रो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाले भारतलाई ३ सय ९० रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ८९ रन बनायो । उसका लागि स्टिभ स्मिथले १ सय ४ रनको शतकीय पाली खेले । उनले पहिलो खेलमा पनि शतक हानेका थिए ।

यस्तै डेविड वार्नरले ८३, मार्नुस लबुसचेज्नले ७० र एरोन फिन्चले ६० रन बनाए । ग्लेन म्याक्सवेल ६३ रनमा नटआउट रहे । भारतका लागि मोहम्मद सामी, जसप्रित बुम्राह र हार्दिक पाण्ड्याले १र१ विकेट लिए । ३ खेलको एकदिवसीय शृङ्खलामा अष्ट्रेलिया १–० ले अघि छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.