काठमाडौंमा राजतन्त्रको पक्षमा आज पनि प्रदर्शन

१५ मंसिर, काठमाडौं । काठमाडौंमा सोमबार पनि राजतन्त्रको पक्षमा प्रदर्शन भएको छ ।

Advertisement

राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिको नाममा भएको प्रदर्शनका सहभागीले पृथ्वीनारायण शाहको तस्वीर अंकित प्लेकार्ड बोकेका थिए ।

त्यस्तै प्रदर्शनकारीले हातमा राष्ट्रिय झण्डा पनि बोकेका थिए । माइतीघरदेखि नयाँ वानेश्वरसम्म गरिएको प्रदर्शनका सहभागीले राजा आऊ, देश बचाऊजस्ता नारा पनि लगाएका थिए ।

Advertisement

शनिबार मात्रै काठमाडौंमा प्रर्दशन गरेका उनीहरुले सोमबारपनि माइतीघरमा प्रदर्शन गरेका हुन् । पछिल्ला दिनहरुमा देशका विभिन्न स्थानमा यस्तै प्रदर्शन लगातार हुँदै आइरहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top