राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्तिमा अझै ढिलाई हुने

१४ मंसिर ७७, सोमबार

१५ मंसिर, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को कारण नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्तिमा ढिलाइ हुने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले आफ्नो तयारी पुरा गरेपनि आईसीसीसँगको समन्वयमा प्रशिक्षक नियुक्ति गर्नुपर्ने भएकाले थप दुई हप्ता ढिलाई हुने भएको हो । यस अघि क्यानले मंसिरको दोस्रो हप्ता मुख्य प्रशिक्षक सार्वजनिक गर्ने बताएको थियो । आईसीसी आफ्नो निर्वाचनमा व्यस्त रहेको र अहिले क्यानले गरेको कामको मुल्यांकन गरिरहेको कारण मुख्य प्रशिक्षक घोषणामा ढिलाई भएको क्यानले बताएको छ । क्यानले गत नोभेम्बर १४ मा मुख्य प्रशिक्षकका लागि आवेदन परेको मध्येबाट १२ जनाको अन्तर्वार्ता लिएको थियो । यस्तै अन्तर्वार्तापछि क्यानले मंसिर दोस्रो साता मुख्य प्रशिक्षक घोषणा गर्ने बताएको थियो । नेपाली टिम लामो समयबाट मुख्य प्रशिक्षक विहीन रहदै आएको छ । गत फेब्रुअरीमा नेपालमा भएको विश्वकप लिग–२ अन्तर्गतको घरेलु सिरिजपछि तत्कालीन मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका थिए । त्यसयता नेपाली टिमको मुख्य प्रशिक्षक पद खाली रहँदै आएको छ । हाल नेपाली टिम राष्ट्रिय खेलकुद परिषद (राखेप) का प्रशिक्षक जगत टमटाको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेका छन् । यस्तै क्यानले मनोज कटुवाललाई सहायक प्रशिक्षकमा नियुक्त गरेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top