बीपी प्रतिष्ठानका इन्टर्न डाक्टरहरुको आन्दोलन फिर्ता, ५० प्रतिशत भत्ता पाउनुपर्ने मागमा सहमति

१४ मंसिर ७७, सोमबार

१५ मंसिर, विराटनगर ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत प्रशिक्षार्थी डाक्टरले सोमबार आन्दोलन फिर्ता लिएका छन् ।

व्यवस्थापन र आन्दोलनकारीहरुबीच सोमबार ११ बुँदे सहमति भएको छ । सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता लिँदै उनीहरू ड्युटीमा फर्किएका हुन् ।

इन्टर्न संघर्ष समितिका संयोजक अमृत जैसीका अनुसार प्रशिक्षार्थीहरूले सरकारको आठौं तहसरह ५० प्रतिशत भत्ता पाउनुपर्ने मागमा सहमति जुटेकाले आन्दोलन रोकिएको हो ।

प्रशिक्षार्थीहरूलाई प्रतिष्ठानले जीवन निर्वाह भत्ताका रूपमा मासिक १५ हजार रुपैयाँ मात्र उपलब्ध गराउँदै आएको थियो । वार्तापछि १८ हजार ५ सय रुपैयाँ दिने सहमति भएको जैसीले बताए ।

‘प्रतिष्ठानका पदाधिकारीसहित व्यवस्थापन पक्षसँग भएको यो सहमति इन्टर्नसिप सुरु भएकै मितिदेखि लागु हुने र आगामी दिनमा शिक्षक–कर्मचारीको तलब वृद्धि हुँदा इन्टर्नहरूको जीवन निर्वाह भत्ता पनि कार्यकारिणी समितिले उचित मूल्यांकन गरेर वृद्धि गर्ने सहमति भएको छ,’ उनले भने ।

प्रतिष्ठानमा २ सय जना प्रशिक्षार्थी प्रशिक्षक छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top