फेसेनेवल पहिरनका लागि विराटनगरमा खुल्यो राम्रो डटकम

१४ मंसिर ७७, सोमबार

१५ मंसिर, विराटनगर । विराटनगरका पहिरन पारखीका लागि अर्को एउटा नाम पनि थपिएको छ, राम्रो डटकम ।

Advertisement

विराटनगरको रंगेली रोडमा सोमबारदेखि संचालनमा आएको राम्रो डटकम बुटिकले लेडिज वेयर, आर्टिफिसिल ज्वेलरी, डिजाइनर तथा रेडिमेट कपडाहरु, लेडिज ब्यागहरु, लेहेंगा, सारी, सुटहरु लगायत बुटिक आइटमलाई बढि प्राथमिकतामा राखेर संचालनमा ल्याएको छ ।

डिजाइनर, बुटिक कपडा तथा पहिरनका लागि विराटनगर र आसपासका क्षेत्रमा देखिएको बढ्दो मागलाई ध्यानमा राखेर बजारभन्दा सस्तो र गुणस्तरिय सेवा दिने उद्देश्यले यो बुटिक संचालनमा आएको संचालक बताउँछन् ।

Advertisement

बुटिकको शुभारम्भको अबसरमा दिनैभर उपभोक्ताहरुलाई हरेक आइटममा १० प्रतिशतको छुट दिइएको छ । त्यस्तै फिटिंग निशुल्क गरिएको संचालक शिप्रा घोषले बताएकी छिन् ।

बुटिक संचालनमा आएको पहिलो दिन नै उपभोक्ताको भिडभाड देखिएको छ । बुटिकले उपभोक्ताको रोजाईअनुसार नै डिजाइनर कपडाहरु तयार पार्ने, विवाह, पार्टी, क्याज्वल ड्रेस, वा औपचारिक कार्यक्रमका लागिसमेत कपडाहरु सिलाइने तथा रेडिमेट कपडाहरु उपलब्ध गराउने घोषले बताइन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top