सुन तस्करीका मुख्य अाराेपी चुडामणि उप्रेती ‘गोरे’ पक्राउ

विराटनगर,जेठ ८ ः करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य नाइके गोरे भनिने चुडामणि उप्रेती पक्राउ परेका छन् ।

गोरेलाई पक्राउ गरिएको सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिका एक उच्च अधिकारीले पुष्टि गरे ।
तर, उनलाई कहाँबाट पक्राउ गरिएको हो भन्ने बारे केही खुलाइएको छैन ।

उनलाई आज दिउँसो साढे १२ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भएको जनाईएको छ ।