इरान भन्छ, ‘इजरायल र निर्वासित विपक्षी समूहले हाम्रो वरिष्ठ परमाणु वैज्ञानिकको हत्या गर्यो’

१५ मंसिर ७७, मंगलबार

१६ मंसिर, एजेन्सी ।
इजरायल र निर्वासित विपक्षी समूहले आफ्ना वरिष्ठ परमाणु वैज्ञानिकको हत्या गरेका आरोप इरानले लगाएको छ ।

रिमोटबाट नियन्त्रित बन्दुक प्रहार गरेर वरिष्ठ परमाणु वैज्ञानिक मोहसिन फखरिजादेहको हत्या गरेको इरानले आरोप लगाएको हो । तेहरानमा फखरीजादेहको अन्त्येष्टिका क्रममा सुरक्षा प्रमुख अली शामखानीले आक्रमणकारीले इलोक्ट्रोनिक उपकरण प्रयोग गरेर हत्या गरेको बताए।

इजरायलले भने यस विषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन । सन् २००० को दशकको सुरुवातमा इरानको परमाणु कार्यक्रममा मोहसिन फखरीजादेहको महत्वपूर्ण भूमिका रहेको बीबीसीले जनाएको छ ।

Advertisement

इरानले आफ्ना परमाणु वैज्ञानिक मोहसिनको हत्याको बदला लिने चेतावनीसमेत दिएको छ । गएको शुक्रबार मोहसिन फखरिजादेहको हत्या भएको थियो । इरानले यस अघि पनि इजरायललाई आफ्ना परमाणु वैज्ञानिकको हत्या गरेको आरोप लगाएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top