अमेरिकी अर्थमन्त्रीमा जानेट यालेन मनोनित

१६ मंसिर ७७, मंगलबार
Share this
773shares

१६ मंसिर, एजेन्सी ।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफ्नो सरकारको ट्रेजरी सेक्रेटरी अर्थात अर्थमन्त्रीमा जानेट यालेनलाई मनोनयन गरेका छन्।

Advertisement

यदि उनी जानेट अर्थमन्त्रीमा नियुक्त भएमा अमेरिकी इतिहासमै पहिलोपटक उक्त पदमा पुग्ने पहिलो महिला हुने बीबीसीले जनाएको छ।

फेडरल रिजर्भकी पूर्व अध्यक्षसमेत रहेकी जानेट अमेरिकी अर्थशास्त्री एवं युनिभर्सिटी अफ क्यालिफोर्नियाकी प्रोफेसर हुन्। अन्तरिम प्रशासन सञ्चालनको क्रममा बाइडेनले आफ्नो टिममा महिलालाई प्राथमिकतामा राखेका छन्। यसअघि उनले गठन गरेको प्रेस टिममा महिलामात्र समावेश छन्।

Advertisement

नयाँ राष्ट्रपतिले चार हजारभन्दा बढी राजनीतिक पदहरु पूर्ती गर्नुपर्ने हुन्छ। यसअघि बाइडेनले विदेशमन्त्रीमा स्टोनी ब्लिंकेन र गृहमन्त्रीमा अलेहान्द्रो मेयरकास छानिसकेका छन्।

चिफ अफ स्टाफमा रोन क्लेन, राष्ट्रिय खुफिया प्रमुखमा एभरिल हेन्स, राष्ट्रिय सुरक्षा सल्लाहकारमा ज्याक सुलिभान, राष्ट्रसंघका लागि राजदूतमा लिण्डा थोमस ग्रिनफिल्ड र जलवायुका लागि राष्ट्रपतिका विशेष दूतमा जोन केरीलाई नियुक्त गर्ने जनाइसकेका छन्।

Advertisement

नोभेम्बर ३ को चुनावबाट अमेरिकी राष्ट्रपति हुने निश्चित भएका जो बाइडेनलाई डिसेम्बर १४ मा इलेक्टरहरुले अमेरिकी राष्ट्रपतिमा निर्वाचित गर्नेछन्। त्यसपछि जनवरीको २० मा बाइडेनले ह्वाइट हाउसमा पद तथा गोपनियताको शपथग्रहण गर्नेछन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top