चिनियाँ अन्तरिक्ष यानले गर्यो चन्द्रमाको सहतमा सफल अवतरणः चन्द्रमाको ढुंगा र माटो पृथ्वीमा ल्याउने प्रयास

१६ मंसिर ७७, बुधबार

१७ मंसिर, एजेन्सी ।
२३ नोभेम्बरमा पृथ्वीबाट गएको चिनियाँ अन्तरिक्ष यान मंगलबार राति चन्द्रमाको सहतमा अवतरण गरेको  छ ।

चन्द्रमाको ढुंगा र माटो पृथ्वीमा ल्याउने प्रयासमा चीनको रोबोटिक च्याङ्ग’इ–५ अभियान अन्तर्गत चीनले यो यान पठाएको हो । चीनको अभियानले मन्स रुम्केर भनिने उच्च ज्वालामुखी क्षेत्रलाई निशाना बनाएको छ ।

चन्द्रमाको सतहमा अवतरण गरेको अन्तरिक्ष यानको ल्यान्डरले त्यहाँ केही दिन वरपरको क्षेत्र अवलोकन तथा त्यहाँका सामग्री सङ्कलन गरेर बिताउनेछ। चन्द्र सहतमा अवतरण भएको ल्यान्डरमा क्यामेरा, स्पेक्ट्रोमिटर तथा रेडारसहितका यन्त्र छन् ।

Advertisement

ल्याण्डरले झण्डै दुई किलो ढुंगा तथा माटो संकलन गरी त्यसलाई चन्द्रमाको कक्षमा घुमिरहेको असेन्डर भनिने यानमा पठाउनेछ । असेन्डरले त्यसलाई पृथ्वीमा ल्याउने छ ।

यो अभियानमा सफल भएमा ४४ वर्षपछिको पहिलो सफल अभियान हुनेछ । त्यो बेला तत्कालीन सोभियत युनियनको लुना २४ अभियानले चन्द्रमाबाट झण्डै २०० ग्राम ढुंगा तथा माटो लिएर आएको थियो ।

Advertisement

सबै तय गरे अनुसार भएमा चिनियाँ यान चन्द्रमाको ढुंगा तथा माटो लिएर डिसेम्बरको अन्त्यतिर मङ्गोलियाको घाँसे मैदानमा अवतरण हुनेछ । अहिलेसम्म अमेरिका र रुसले मात्रै चन्द्रमाबाट ढुंगा र माटो ल्याउन सफल भएका छन् ।

हालको अभियानमा सफल भएमा चीन पनि अन्तरिक्षको महाशक्तिमा सामेल हुनेछ । अन्तरिक्ष यान चन्द्रमाको सहतमा सफल रुपमा अवतरण भएपछि अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले चीनलाई बधाई समेत दिएको छ ।

चीन चन्द्रमाबाट ढुंगा र माटो ल्याउन सफल भएमा त्यसले अध्ययनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । चीनले यसअघि दुई पटक यो प्रयास गरे पनि सफल हुन सकेको थिएन । यो पटक भने आशा र उत्साह रहेको चिनियाँ अधिकारीले बताएका छन् ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top