कोरोना कहरमा पनि ऊर्जा तथा सिँचाइ मन्त्रालयको प्रगति सन्तोषजनक

१९ मंसिर ७७, शनिबार

१९ मंसिर, काठमाडौं ।

कोरोना कहरमा समेत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र मातहतका निकायले सञ्चालन गरिरहेका आयोजनाको प्रगति सन्तोषजनक रहेको पाइएको छ । मन्त्रालयको चालू आर्थिक वर्षको प्रथम चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा विभिन्न विभाग तथा कम्पनीले प्रस्तुत गरेको प्रतिवेदनले विकास आयोजनाका काममा सन्तोषजनक प्रगति देखिएको हो ।

मन्त्रालयमा आयोजित बैठकमा ऊर्जा मन्त्रालयतर्फका नौ, जलस्रोत तथा सिँचाइतर्फका चार निकायका प्रमुख तथा प्रतिनिधिले योजनाको प्रस्तुतीकरण गरेका थिए । जल तथा ऊर्जा आयोगको सचिवालय, विद्युत विकास विभाग, विद्युत् विकास दशक कार्ययोजना, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपाल विद्युत् प्राधिकरण, जलविद्युत् लगानी तथा विकास कम्पनी, विद्युत् उत्पादन कम्पनी लिमिटेड, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी, जलस्रोत तथा सिँचाइ विभाग, जल तथा मौसम विज्ञान विभाग, जलस्रोत अनुसन्धान तथा विकास केन्द्र, भूमिगत जलस्रोत विकास समिति र जल तथा ऊर्जा आयोगको सचिवालयले प्रगति विवरण पेश गरेका थिए ।

ऊर्जा मन्त्रालयले पछिल्लो चार महिनामा ७८ प्रतिशत वित्तीय र ७७.८८ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । यस्तै सिँचाइतर्फको वित्तीय प्रगति ४२.६६ र भौतिक प्रगति ७३.६४ छ । मन्त्रालयको समष्टिगत वित्तीय प्रगति ६८.७३ प्रतिशत र भौतिक प्रगति ७६.७४ प्रतिशत छ ।

मन्त्रालयको आर्थिक वर्ष २०७७/७८ का लागि कूल बजेट रु ९९ अर्ब २९ करोड ४८ लाखमध्ये पहिलो चौमासिकका लागि रु २० अर्ब ४२ करोड २६ लाख विनियोजन गरिएको थियो । जसमा रु १४ अर्ब तीन करोड ७४ लाख खर्च भएको छ । यो कूल चौमासिक बजेटको ६८.७३ प्रतिशत हो ।

ऊर्जातर्फका ४० मध्ये ११ आयोजनाको प्रगति ८० देखि शतप्रतिशतसम्म देखिएको छ । यस्तै १२ आयोजनाको प्रगति ५० देखि ८० प्रतशितसम्म छ । यस्तै ५० प्रतिशत वा सोभन्दा कम प्रगति भएका आयोजनाको सङ्ख्या १७ छ । यस्तै कूल ३३ आयोजना रहेका सिँचाइतर्फका १९ आयोजनाको प्रगति ८० देखि १०० प्रतशित छ । पचासदेखि ८० प्रतिशतसम्म प्रगति भएका आयोजनाको सङ्ख्या सात छ । यस्तै सात वटा आयोजनाको प्रगति भने ५० प्रतिशतभन्दा कम छ ।

विकासमा अवरोध गरे मलाई भन्नुस्ः मन्त्री पुन

बैठकको अध्यक्षता गरेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कोभिड–९ महामारीको समयमा समेत मन्त्रालयको प्रगति सन्तोषजनक देखिएको भन्दै खुशी व्यक्त गरे । उनले प्रथम चौमासिकमा देखिएको कमजोरी आगामी चौमासिकमा नदोहोरिने गरी काम गर्न मातहतका सबैलाई निर्देशन दिए ।

“कोरोना महामारीको संवेदनशील अवस्थामा समेत ७८ प्रतिशत वित्तीय र झण्डै ७८ प्रतिशत नै भौतिक प्रगति हुनु खुशीको कुरा हो”, मन्त्री पुनले भने, “आगामी दिनहरुमा मन्त्री, सचिव, विभागीय प्रमुख सबै मिलेर योभन्दा राम्रो प्रगति देखिने गरी काम गरौँ ।”

मन्त्री पुनले विकास निर्माणका काम गर्दा भरसक स्थानीय र प्रभावितलाई लाभ हुने मिल्ने गरी काम गर्न निर्देशन दिए । मुआब्जा वितरण अगावै ठेक्काको सूचना निकाल्ने, शिलान्यास गरिहाल्ने र कोठाभित्रै बसेर आयोजना बनाउने काम अब बन्द हुनुपर्ने उनको भनाइ थियो ।

“विगतमा ईआईए नगरी, जमिनको मुआब्जा टुङ्गो नलगाइ ठेक्का दिने, शिलान्यास गरिहाल्ने र कोठामा बसेर योजना बनाउने गर्दा धेरै आयोजना अघि बढ्न सकेनन्”, मन्त्री पुनले भने, “तपाईं कर्मचारीको जागिर छ, बाबुबाजेको खेतबारी गए पनि मतलब हुँदैन, तर, २/४ गरा खेत भएका किसानको भएको जमिन सबै विकास आयोजनाले खाँदा ऊ भोकै पर्ने अवस्था हुन्छ, अनि ढुङ्गा हान्न आउँछ, त्यसैले जमिन गए पनि विकास आयोजनाको लाभ किसानले पाउने अवस्थामा कसैको अवरोध हुँदैन ।”

मन्त्री पुनले विकास आयोजनाको काममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दल र प्रभावित जनताका कुरा अधिकमत सुन्ने र समस्या सम्बोधन गर्नुपर्नेमा जोड दिए । उनले विकासका काममा अवरोध भए समयमै आफूलाई खबर गर्न आग्रह गर्दै समाधान निकाल्न लागिपर्ने बताए । “कसैले विकासका काममा अवरोध सिर्जना गरेको अवस्थामा मलाई भन्नुृस्”, मन्त्री पुनले भने, “कोसँग कुरा गरेर समस्या समाधान गर्नुपर्ने हो म आफैँ गएर समाधान गर्छु ।”

वर्तमान सरकार विगतको जस्तो सङ्क्रमणकालीन नभएकाले विकासका काममा कुनै अप्ठेरो महसुस गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ थियो । “यो विगतको जस्तो सङ्क्रमणकालीन सरकार होइन, तीन वर्षदेखि प्रधानमन्त्री, अधिकांश मन्त्री र सचिवहरु हामी एउटै छौँ”, उनले भने, “विगतका समस्या तेस्र्याएर भाग्ने कोसिस गर्ने छुट कसैलाई छैन ।”

कार्यक्रममा राष्ट्रिय योजना आयोगका ऊर्जा र वन मन्त्रालय हेर्ने सदस्य डा.कृष्णप्रसाद ओलीले कोभिड–१९ महामारीमा समेत मन्त्रालयले काममा राम्रो प्रगति गरेकामा प्रशंसा गरे । ऊर्जा सचिव दिनेशकुमार घिमिरे, जलस्रोत सचिव मधुसुदन अधिकारी र जल तथा ऊर्जा आयोजका सचिव सागरकुमार राईले विकास आयोजनामा विगतमा देखिने गरेका समस्या नदोहोरिने गरी काम गर्न मातहतलाई निर्देशन दिए ।रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top