कोरोना संक्रमित प्रदेश प्रमुख अधिकारीलाई थप उपचारका लागि काठमाडौँ लगियो

२० मंसिर, विराटनगर ।

Advertisement

कोरोना सङ्क्रमण भएका प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ। बिहीबार साँझ अचानक उनको शरीरमा अक्सिजनको कमी भएपछि उनलाई शुक्रबार अपरान्ह नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ लगिएको हो।

प्रदेश प्रमुख अधिकारी यही मङ्सिर १२ गते कोरोना सङ्क्रमित भएर विराटनगरस्थित निवासमा बसेका उनका प्रेस सल्लाहकार खेमराज अधिकारीले बताए । प्रदेश प्रमुख अधिकारीलाई आवश्यक उपचारका लागि त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ लगिएको हो ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top