×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

खोप ल्याउन सरकार तयार अवस्थामा, कर्मचारी समेत खटाइयो

२० मंसिर २०७७

काठमाडौं: विश्वमा खोप उत्पादनको चर्चा जति धेरै छ । त्यति नै नेपाल सरकारले समेत खोप आएसँगै कसरी भण्डारण गर्ने, कसकसलाई लगाउने र कसरी लगाउने भन्ने बारेमा तयारी थालेको छ । त्यसका लागि आर्थिक जोहो, खोप भण्डारको लागि भौतिक पूर्वाधारको विकासमा नेपाल सरकारले सम्बन्धित मन्त्रालय मार्फत कर्मचारी खटाइसकेको छ ।

अहिले मात्रै हैन विश्वमा समय समयमा हुने महामारीविरुद्ध लड्न बन्ने खोपमा सबै देशको समान पँहुच विस्तारमा विश्व स्वास्थ्य संगठनले विगतदेखिनै समानुपातिक वितरणमा ध्यान दिएको छ । कोभ्याक्स(विश्व स्वास्थ्य संगठन, युनिसेफ र विश्व बैंक) सबैले नेपालजस्ता गरिब देशहरुमा समेत कोरोना भाइरसको खोपको सफल परीक्षण भएसँगै कसरी वितरण गर्ने भन्ने बारेमा चासो दिएको छ । कोभ्याक्सले अहिलेसम्म कुनै पनि खोप लगाउने बारेमा अनुमति दिएको छैन । कोभ्याक्सले जुनसुकै खोप बनेको खण्डमा नेपालले समानुपातिक रुपमा भ्याक्सिन पाउने प्रतिबद्धता व्यक्त गरेको छ । कोभ्याकले नेपाल जस्ता गरिब देशका राष्ट्रप्रमुखलाई यसको जानकारी गराइसकेको छ । सोही आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालले पहिलो चरणमै खोप पाउने बताउनुभएको छ । नेपाल सरकारले खोप आउने कुराको समाचार आउने क्रम बढेसँगै नेपालमा कसरी खोप ल्याउने र लगाउने भन्ने बारेमा तयारी थालेको छ । अहिले सरकार तयारीकै अवस्थामा रहेको सरकारी अधिकारीहरु बताउनुहुन्छ ।

Advertisement
Advertisement

अन्तिम परीक्षण पूरा भएमा र यसले कोभिडको संक्रमण रोक्ने पुष्टि गरेमा विश्वका धनी, गरिब सबै देशका कम्तिमा तीन प्रतिशत फ्रन्र्ट लाइनरहरुलाई एकै पटक खोप लगाउने तयारी गरेको छ । विश्व स्वास्थ्य संगठन, युनिसेफ र विश्व बैंकको टोलीले कोरोनाको खोप बारे निर्णय गरेसँगै एक पटक विश्वका तीन प्रतिशत देशका नागरिकहरुलाई खोप लगाउँछ ।

विश्वका धेरै देशहरुमा कोरोनाको खोपको अन्तिम परीक्षणको तयारीमा रहेको बेला नेपाल सरकारले समेत खोप बारे चासो देखाएको छ । खोप आउन सक्ने मिति, भण्डारण तथा वितरण कसरीगर्ने भनेर सरकारी संयन्त्रले यसको तयारी थालेको छ ।

स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. झलक शर्मा खोपको परीक्षण सफल भएसँगै नेपालमा पहिलो चरणमा खोप ल्याउने बताउनुहुन्छ । ‘खोप उत्पादन भएसँगै धनी, गरिब सबै देशका नागरिकलाई एकै पटक विश्व स्वास्थ्य संगठनले खोपको भाइल उपलब्ध गराउँछ’ डा.शर्माले थप्नुभयो, ‘त्यसको लागि कोभ्याक्सले सबै देशहरुमा खोप उपलब्ध गराउँदैछ,खोप आएसँगै कसरी भण्डारण गर्ने र कसरी कस कसलाई लगाउने भन्ने बारेमा हामीले तयारी थालेका छौ, उहाँले भन्नुभयो । तर कुन खोप आउने भन्ने भएपछि मात्रै भण्डारणको बारेमा थप काम हुनेछ ।
‘हामी नेपालले पहिलो चरणमा खोपका भाइलहरु नेपाल ल्याएर कसरी भण्डारण गर्ने र त्यसको स्टोरेज कसरी गर्ने भन्ने बारेमा ध्यान केन्द्रीत गरेर बसेका छौ’ डा.शर्माले भन्नुभयो । खोपको दिने सहमति भएसँगै नेपालमो फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको समूहलाई लगाउने तयारी सरकारले छ । ‘उच्च जोखिममा रहेको समुह र बृद्धबद्धा, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरू प्राथमिकतामा राखेर खोप दिइनेछ’ उहाँले भन्नुभयो ।

Advertisement
Advertisement

केही कम्पनीले बनाएका खोप २–८ डिग्रीसम्म, कुनै माइनस १८ र कुनै माइलन ७० डिग्री सेन्टिग्रेटको तापक्रम आवश्यक पर्दछ । नेपालमा नेपालसँग अहिले दुईदेखि आठ डिग्री सेन्टिग्रेटका खोप राख्ने संरचना भएकाले कोभ्याक्सले अनुमति दिएसँगै सरंचनाको विकास कसर गर्ने भन्ने बारेमा निर्णय हुनेछ ।, याे समाचार गाेरखापत्र दैनिकमा केशवराज पौडेलले लेखेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top